आइतबार, मंसिर २८, २०८२

एन्फाको गैरजिम्मेवारीपनले लाचार बनिरहेछन् खेलाडी

एन्फा आफैंमा यति धमिलो भइसक्यो कि अब कडाभन्दा कडा डेटर्जेन्टले पनि सफा हुन गाह्रो छ, भलै असम्भव नहोला।
 |  सोमबार, पुस ११, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, पुस ११, २०७९

काठमाडौं– नेपालमा ६८ वर्षअघि शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन लिग स्थापना भयो। त्यसयता यो लिगको ४२ औं संस्करण गतवर्ष मंसिरबाट फागुनसम्म सञ्चालन भएको थियो।

National life

बिचका २६ वर्ष चाहिँ लिग नै भएनन्। लिग नभएका यस्ता समयले नेपालमा फुटबल खेल्ने खेलाडीलाई निकै पिरोल्ने गरको छ। खेलाडीले केहि रकम आम्दानी गर्ने माध्यम नै शीर्ष डिभिजनको लिग नै हो। तर विभिन्न कारणले नेपालमा लगातार लिग भइरहेका छैनन्।

दुई वर्षअघि कोभिडको महामारीका रोकिएको लिग २०७२ को भूकम्पको कारण पनि तीन वर्ष रोकिएको थियो। यि सबै अवस्थाबाट पिल्सिँदै आएका खेलाडीका लागि फेरि दुःखको खबर फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ(एन्फा) ले दिँदै आइरहेको छ। किनभने उसले समय लिग नै आयोजना गर्न सकेको छैन। र, फेरी लिग समयमा नहुने एन्फाले बताइसकेको छ।

समय हेर्ने हो भने यो समय लिगको लागि सबैभन्दा अनुकूल समय हो। तर फुटबलको अभिभावक संस्था नै अहिले आलस्यताको समय व्यतित गरिहेको छ। न उसले आफ्नो लिग सञ्चालन गर्न सकेको छ न नेपाल सुपर लिग आयोजकलाई फुटबल गराउने वातावरण बनाइदिन सकेको छ।

सायद यस्तै कुरा बुझेर होला विगत केहि महिनामा दर्जनभन्दा धेरै खेलाडी नेपालबाट बाहिरिसकेका छन्। दर्शन गुरुङ, सन्तोष तामाङ, आशिष लामा, सुमन लामा, हेमन्त थापामगर, विमल राना, सुमन अर्याल, अभिषेक रिजाल, रोशन खड्का, नवीन गुरुङ, विवेक बस्नेतहरु तिनै खेलाडी हुन् जो फुटबल खेल्ने अवस्था नदेखेरै बाहिरिन पुगे। यो क्रम अहिले पनि रोकिएको छैन।

Laxmi sunrise bank
kumari
यो यस्तो संस्था रहेछ जहाँ एउटा खेलाडी घाइते हुँदा उपचारको निम्ति गिडगिडाउनु पर्छ तर पदाधिकारीहरुको आफन्तको समेत उपचारको निम्ति लाखौं पेश्की बाँडिन्छ।

त्यसैले खेलाडीहरु अहिले आफैं आक्रोशित बनिसकेका छन्। उनीहरु नै अहिले प्रश्न गर्न थालेका छन्– ‘तपाईंहरूले गर्ने हो की कसले?’ केहि समय अघि बंगलादेशविरुद्ध ह्याट्रिक गरेका अन्जन विष्टले एन्फालाई प्रश्न गरेका छन्। त्यस्तै डिफेन्डर अनन्त तामाङले एन्फासँगै ए डिभिजन क्लबलाई पनि प्रश्न गरेका छन्। उनको प्रश्न छ, ‘ए हजुर अनि तपाईंले तपाईंको क्लबबाट रगत पसिना बगाएका खेलाडीहरु पारिश्रमिक सबैको एकदम समयमा त परे जावोस् पूर्ण रुपमा दिनु त भाको छ नि?’

प्रकाशित: Dec 26, 2022| 07:36 सोमबार, पुस ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।