काठमाडौं– पोखरामा जारी नेपाल लिट्रेचर फेष्टिबलको चौथो दिन अपरान्ह बागी लेखक खगेन्द्र संग्रौला कवि साहित्यकार स्नेह सायमी र साहित्कार गोविन्द गिरी प्रेरणा मञ्चमा देखिए।
पारिजातः पात्रहरूको गहिराईमा शीर्षक सेसनमा पारिजात जीवत हुँदाखेरी र आज पर्यन्तको बारेमा कुराकानी अघि बढाए लेखक कवि स्नेह सायमीले भने, ‘खगेन्द्र संग्रौला एकल प्रतिपक्ष हो उहाँ। अहिले पनि लडिरहनु भएको छ।’
२०३४ देखि ३६ सालको राजनीतिमा आन्दोलनमा शिक्षक आन्दोलन खुबै चर्किएको थियो। सायमी र संग्रौला नेपाल भित्रै फरक भूमिमा भए पनि शिक्षकको नाताले आन्दोलनमै थिए। आन्दोलनको नेतृत्व लिइरहेकाहरूको बैठक थियो। चिसो हिउँदमा बसेको बैठकमा भात पकाइरहेका सायमीले बैठकमा बसेको शिक्षकहरू संग्रौला खोजे। कसैले उनलाई चिनाइदिए। पहिलोपटक संग्रौलालाई सायमीले त्यही बैठकमा देखेका थिए।
खगेन्द्र संग्रौला को हुन भन्ने कौतुहुल सायमीभित्र अझै थियो। किनकि उनलाई बोल्न मन थियो। त्यसपछि प्रगतिशिलको बैठकमा संग्रौलासँग बोल्ने अवसर जु¥यो।
सायमीले आफ्नो पहिलो भेटको अन्तरकुन्तर खोल्दै पारिजातसँगको पहिलो देखभेटको बारेमा सोधे।
०००
सानो कथा जोड्दै संग्रौला जन्मथलो तेह्रथुमको चुवान डाँडामा आइए पढ्दै गरेको दिन सम्झिए। उनको क्याम्पस प्रमुख थिए। डबल एमए र विएल गरेका दोमादर पहाडी साहित्यका पनि विद्वान थिए। पारिजातले मदन पुरस्कार जितेपछि पहाडीको टिप्पणी संग्रौलाले सुनाए– मान्छे भनेको टोपी हो कि टाउको ?
शंकर लामिछानेको भूमिकाको व्यापक रूपमा चर्चा भयो। टोपी पनि टाउको पनि उही हो भन्ने आशाय रहेको पहाडीको टिप्पणी सुनाए संग्रौलाले। आइएको जाँच दिन काठमाडौं आए संग्रौला। पछि संग्रौलाले विएको जाँच दिने ताका राल्फा आन्दोलन चल्दै गरेको सम्झिए।
‘राल्फाको आन्दोलनको नायिका पारिजात थिइन्। विमल भन्ने साथी हुनुुहुन्थ्यो। उहाँ म कहाँ आइरहनु हुन्थ्यो। उहाँले एकदिन पारिजात तपाईको लेखरचनाहरु पढिरहनु हुन्छ। रुचाउनु हुन्छ। तपाई राल्फामा किन नआउने भन्नु भयो’, संग्रौला भन्छन्, ‘राल्फाको घोषणा पत्र लिएर आउनु भएको थियो उहाँले दिनु भयो। त्यो घोषणा पत्रको शीर्षक सेतो बन, निलो जुन, आकाशका नुनिला विश्वासहरू। पछि विमलसँग त होइन अरू नै कोहीको पछाडि लागेर पारिजात दिदी कहाँ गएँ। त्यही दिन अथवा केही दिन अगाडि बिमलले पारिजातलाई धोका दिएका थिए। उहाँ उदाश हुनुहुन्थ्यो। ‘तपाईलाई भेट्न पाएकोमा खुशी लाग्यो फेरि आउनु भयो’, भन्नु भयो दिदीले। म चुपचाप फर्किएँ। हो त्यही दिन मेरो पहिलो भेट भएको थियो ’।
०००
‘सुश्री पारिजात’का लेखक गोविन्द गिरी प्रेरणाले भने त्रिभुवन विश्वविद्यालयमा लेखापालको जागिर थिए। साथै अडिट गर्ने प्राइभेट लाइसेन्स भएका कारण बाहिरफेर पनि अडिट गर्न जान्थे गिरी। संयोगवंश अमृत बोर्डिङ स्कुलको अडिटका लागि गिरीलाई सम्झिए। त्यो स्कुल सुकन्याको रहेछ। अनि त्यहाँ जाँदा ‘पारिजातलाई भेट्न जाँदा चुरोट लिएर जानु पर्छ भन्ने व्यापक चर्चा सुनेको थिएँ। मैले पनि दुई बट्टा खुकुरी चुरोट लिएर गएको थिएँ।’
पारिजात जिवित हुँदा सायमीले आफ्नो संस्मरण पनि सुनाए।
२०३४ सालमा उपत्याका व्यापी कविता प्रतियोगिता रहेछ। सायमीले पनि पनि दिए। कविता पहिलो भएछ। किन पहिलो भएछ भन्दा भूपी शेरचन निर्णायक मण्डलमा रहेछन् त्यसैले पहिलो भएको रहेछ।
‘आज भूपि दिवस भएका कारण पनि मैले भूपिलाई सम्झिएको हुँ। पारिजात दिदीबाट धेरै कविहरु दिक्षित भएका छन्। एकजना म पनि हुँ’, सायमीले भन्दै पारिजातसँगको कुनै मिठो संस्मरण सुनाउन संग्रौलालाई अनुरोध गरे।
०००
काठमाडौंका ल क्याम्पसमा ‘साहित्य सन्ध्या’ भन्ने कार्यक्रम थियो। एक दिन त्यो कार्यक्रममा म अलि ढिलो पुगेछन् संग्रौला। पारिजातले हरिवंश राय बच्चनको ‘मधुशाला’ क्यासटमा सुनिरहनु भएको रहेछ। संग्रौला जी आउनु भयो है भन्दै उहाँ मधुशाला रूचाउनु हुन्न भन्दै लुकाएको सम्झिए संग्रौलाले।
अर्को स्मरण
प्रत्येक शुक्रबार पारिजातको घरमा हरेक शुक्रबार ‘गुड फ्राइडे’ हुन्थ्यो। संजोगले एकदिन संग्रौला पनि पुग्ने रहेछन्।
‘ओहो संग्रौला जी आउनु भयो गिलास लगाउनु भन्नुहुन्थ्यो’, पारिजातले संग्रौलालाई देख्नेबित्तिकै भनेकी रहेछिन्। खुकुरी रम लिएर पारिजात अगाडि अगाडि संग्रौलाले मदिराको बोतल खोलेछन्। दुईटा गिलासमा हालेछन्। संग्रौला भन्छन्, ‘त्यसपछि दिदीलाई के विश्वास भयो भने– बाहुन त बाहुन तर शुद्ध बाहुन रहेनछ।’
ल क्याम्पसको भवनमा ‘प्रतीभा प्रभा’ भन्ने कार्यक्रम नियमित जस्तो हुन्थ्यो। त्यो कार्यक्रममा पारिजात पनि जान्थिन्। पारिजातको अवस्था नाजुक भएका कारण उनलाई कि मोटरसाईकल कि ट्याक्सीमा जानु पथ्र्यो। र मोटरसाइकलमा प्रायः स्नेह सायमीले लैजाने गर्थे। संग्रौलासँग पनि जापानी होन्डा मोटर साइकल थियो। तर संग्रौला पारिजातलाई आफ्नो मोटरसाइकलमा बोक्न डराउँथे। कारण थियो पारिजातको शारीरको नाजुक अवस्था।
‘संग्रौलाको त्यस्तो राम्रो होन्डा छ मलाई पु¥याइदिए पनि हुन्थ्यो भन्नुहुन्थ्यो दिदी’, संग्रौलाले सम्झिए, ‘तर दुर्घटनाको डरले म आफ्नो मोटरसाइकलमा पारिजातलाई बोक्दिन थिएँ।’
‘मोटर साइकलमा बोक्न मलाई कहिल्यै आँट आएन’, संग्रौला भन्छन्, ‘ल क्याम्पसको बाहिर कसैले उहाँलाई पु¥याउँथ्यो। एक दिन सोही भवनको माथि लैजान मैले काँध थाप्दै दिदीलाई बोकेर माथि लगें। पछि त उहाँले नै संग्रौला जि क्षतिपुर्ति बाँकी छ नि भन्दै जिस्किउनु हुन्थ्यो।’
०००
प्रतीभा प्रभाको संस्थापक संयोजन सायमी थिए। प्रतीभा प्रभा कसरी चलाउने अथवा (साहित्य सन्ध्या पहिलेदेखि नै चलिरहेको थियो) किन चलाउने भन्ने भने सांस्कृतिक आन्दोलनको पक्षधरले चलाउने कुरा थियो।
साहित्य सन्ध्यामा म नियमित कविता पढ्न जाने रहेछन्। अधिकांश समय पारिजातलाई मोटरसाइकलमा लिएर सायमीले साहित्य सन्ध्या र प्रतीभा प्रभा कार्यक्रममा लाने र ल्याउने सायमीले गर्ने रहेछन्।
प्रतीभा प्रभाको पहिलो कार्यक्रममा विश्व भाषा क्याम्पसको कौसीमा गरेको सम्झिए सायमीले। करिब पाँच सय जना थिए त्यहाँ। त्यसपछिको कार्यक्रमचाहीँ हरेक महिना अहिलेको त्रिचन्द्रको घण्टाघर भएको भवनको तेस्रो तलाको कोठामा पारिजातलाई बोकेर कोठामा पु¥याएको सम्झिए सायमीले।
साहित्य सन्ध्यासँग कुनै दुस्मनी नभएको पनि स्पष्ट पारे सायमीले। दुवै कार्यक्रममा सिर्जना सुनाउन जाने गरेको बताए। त्यही साथीहरू बाडिन्थे।
तर सायमीले बामपन्थीहरु टुक्राटुक्रा भएपछि साहित्य सन्ध्याबाट प्रतीभा प्रभा भएको गिरीद्वारा लेखिएको ‘सुश्री पारिजात’मा पुस्तकमा रहेको कुरा जोडे।
साहित्य सन्ध्या हुँदाहुँदै प्रतीभा प्रभा आयो भन्ने कुरालाई सोधखोज गरेपछि साहित्य सन्ध्यासँग पूर्ण सहमत नभएपछि साहित्य प्रभा जन्मिएको बताए।
तर सायमी गिरीको व्याख्या गलत रहेको बताउँदै स्पष्ट पार्छन्।
साहित्य सन्ध्य प्रत्येक महिनाको पहिलो हप्ता हुन्थ्यो। र साहित्य प्रभा प्रत्येक महिनाको अन्तिम हप्ता हुन्थ्यो। साहित्य सन्ध्यमा कविता बाचनलाई जोड दिइन्थ्यो। प्रत्येक कविले तीन तीन कविता दिनुपथ्र्यो। दुई कविता समीक्षालाई दिन्थ्यो।
अहिले बजारमा संख्यात्मक रूपमा आत्माकथा तथा जीवनी निस्किरहेका छन्। कतिपय आत्माकथाहरूमा म सहमति नै हुन सक्दिन्। आत्माकथामा आफूले गरेको गल्ती पनि इमान्दारीका साथ भन्न सकिन्न भने त्यो आत्माकथा हुँदैन भन्ने हुन्छ। राम्रा आत्माकथाहरूमा ‘हृदय’, ‘सन्दुक रुइत’ का राम्रा छन्। घोष्ट राइटर राखेर पनि आत्माकथा तथा जीवनी लेखेका छन्। सायमी सुश्री पारिजात चाहीँ कस्तो खाले जीवनी हो भनेर प्रश्न गर्छन्। तर गिरी विभिन्न खोज र अनुसन्धानबाट सबै पक्ष समेटिएको जीवनी आओस् भन्ने चाहेर लेखेको बताउँछन्।
पारिजात आफैले लेखेर आफैलाई चित्त नबुझ्दो रहेछ। उनका नजिककाले पनि चित्त नबुझाउने रहेछन्। एक पटक खगेन्द्र संग्रौलाले छाप्न जिम्मा लिएको किताब छापेनछन्। सायमी संग्रौलालाई प्रश्न गर्छन्, ‘उहाँको पुस्तकचाहीँ छाप्न अयोग्य भएर हो ?’
०००
बामपन्थी चिन्तन र साहित्यलाई प्रश्रय दिन र प्रवर्दन गर्न भनेर ‘स्रष्टा प्रकाशन’ खोलिएको रहेछ। र कृष्णमणी साहित्य पुरस्कार पनि स्थापना गरिएको रहेछ। यता पारिजातले उपन्यास लेखेकी रहेछिन्।
संग्रौला भन्छन्, ‘उहाँ (पारिजात)को लेखन शैली कस्तो थियो भने ढोका बन्द गरेर लेख्ने। लेखेको चिज सिधंै प्रकाशकलाई दिने भन्ने सोच पारिजातको थियो। उहाँ प्रकाशकलाई सर्पाइज दिने भन्नु हुन्थ्यो। पछि हामीले नै छाप्छौं भन्यौं।’
साहित्य सम्बन्धी केही मानकहरु थिए। प्रगतिशिल के हो के होइन ? पारिजातको प्रवृत्तिसँग सहमति थिए तर त्यो उपन्यासमा पारिजातको प्रवृत्तिभन्दा फरक थियो। पारिजातको उपन्यासको संग्रौलाले पढे। त्यसमा के थियो ?
एउटा हुर्काइरहेको बच्चीलाई बलात्कार गर्छ। त्यो कथा त्यो समय छाप्न सकस भयो। कसैको हातमा सानो चिठी लेखेर संग्रौलाले पाण्डुलिपी फर्काइदिए, ‘माफ गर्नु होला दिदी यो हजूरको पुस्तक, यो यो कारणले छाप्न नसकिने भइयो।’
टिप्पणी समालोचना सबैलाई मन पर्दैन। त्यस्तै पारिजातलाई पनि मन परेनछ। केही समय पारिजातसँग सम्बन्धमा तिक्तता रह्यो। संग्रौला र पारिजातबीच केही समय बोलाचालै पनि रोकिएको थियो। व्यक्तित्व, चिन्तन र सिर्जनामाथिको टिप्पणीलाई त्यति सहज रूपले पचाउँथिनन् भन्छन् संग्रौला।
हुन् त सबैलाई मन पर्ने त प्रशंसा नै हो। टिप्पणी, समीक्षा र समालोचना प्रायः सबैलाई मन पर्दैन। पारिजातमा टिप्पणीप्रति आलोचनाप्रति धेरै सहिष्णुता थिएन भन्छन् संग्रौला।
अर्को सन्दर्भ जोड्छन् संग्रौला।
प्रगतिशिल लेखक संघको निर्वाचनको आरम्भ भयो। दुईटा प्रवृत्ति थिए। सम्भावित अध्यक्ष दुईजना थिए। मालेको तर्फबाट मोदनाथ प्रश्रित थिए र मोहनविक्रमले नेतृत्व गरेको चौंथो महाधिवेशनका तर्फबाट पारिजातलाई अध्यक्षमा थिइन्। संग्रौलाको सम्भाव पारिजाततिर थियो तर रमेश विकल अध्यक्ष बनाउनु परेको सम्झिए संग्रौलाले।
अहिले स्रष्टा प्रकाशनको अध्यक्ष भएको भए छाप्नु हुन्थ्यो ? सायमी संग्रौलालाई प्रश्न गर्छन्।
धेरै विचलन भएको पुस्तक पनि छापिन्थ्यो भन्छन् संग्रौला। उनी भन्छन्, ‘त्यो बेला हाम्रा क्रान्तिकारीता संकिर्णता थियो। मापदण्डका संकिर्णताहरू थिए। त्यो बेला हिन्दु ब्रह्माणबाद जस्तो लाग्छ। त्यसैबाट सिक्यौं। अहिले संयोगवंश र सौभाग्यवंश स्रष्टा प्रकाशनको अध्यक्ष भएको भए त्यो भन्दा असहमतिको पुुस्तक पनि छापिन्थ्यो। त्यो बेलाको समझ अनुसार, बुझाइ अनुसार एक किसिमको तानाशाही थियो। आजकल म अलि उदार भएको छ।
गिरीद्वारा लिखित सुश्री पारिजातमा प्रतीभा प्रभा र साहित्य सन्ध्यालाई प्राविधिक र घटना क्रमहरू नमिलेको कुरालाई परिमार्जित गर्ने सन्दर्भ पनि जोडे सायमीले। यस विषयमा गिरी मिलाउन सकिने बताउँछन्। शंकर लामिछाने, भूपि शेरचन र पारिजातमाथि किताब लेख्न चाहेको र पारिजातमाथि लेख्न सम्भव रहेको बताए गिरीले।
पारिजात नजिकको मान्छेबाटै प्रताडित हुनु परेको जोड्छन् सायमी। अथवा जीवन यौन शोषणमा परेको कुरा जोड्छन्। संग्रौला यो व्यक्तिगत कुरा हो भन्दै धेरै बोल्दैनन्।
र पारिजात एक पात्रमाथि बोलिरहँदा संग्रौला भन्छन्, ‘बैचारिक संकटको बेलामा नेपालको बामपन्थी साहित्यको नेतृत्व पारिजातबाटै भएको हो। बैचारिक दृष्टिकोणबाट सिर्जानाको दृष्टिकोणबाट, अभिनयको दृष्टिकोणबाट नयाँ पुस्तालाई प्रशिक्षण दिने हिसाबले पारिजात दिदी आफ्नो समयको नायिका हुनुहुन्थ्यो। त्यसकारण पारिजात मेरो दिदी हुनुहुन्थ्यो, साथी हुनुहुन्थ्यो र कमरेड पनि हुनुहुन्थ्यो।’