शुक्रबार, वैशाख २५, २०८३

दुई किलो युरेनियमसहित तीन जना पक्राउ

सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

National life

जनकपुरधाम- सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

शनिबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेठक्वाटर बारा मातहत सुरक्षा वेश जितपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका मधेस प्रदेशका डिआईजी गणेश ठाडा मगरले जानकारी दिए।

बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर स्थित आदित्य होटलको कोठा नम्बर ४ बाट जितपुरसिमरा ५ बस्ने २९ वर्षीय रबि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका २ बस्ने २२ वर्षीय बृज सहनीलाई २ केजी युरेनियम सहित पक्राउ गरिएको डिआईजी मगरले बताए।

प्रकाशित: Dec 25, 2022| 07:27 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।