जनकपुरधाम- सशस्त्र प्रहरीले दुई किलो युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेठक्वाटर बारा मातहत सुरक्षा वेश जितपुरबाट खटेको सशस्त्र प्रहरीको टोलीले युरेनियमसहित तीन जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका मधेस प्रदेशका डिआईजी गणेश ठाडा मगरले जानकारी दिए।
बाराको जितपुरसिमरा उपमहानगरपालिका ७ जितपुर स्थित आदित्य होटलको कोठा नम्बर ४ बाट जितपुरसिमरा ५ बस्ने २९ वर्षीय रबि चौधरी, ३० वर्षीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका २ बस्ने २२ वर्षीय बृज सहनीलाई २ केजी युरेनियम सहित पक्राउ गरिएको डिआईजी मगरले बताए।