शनिबार, साउन १०, २०८२

गाउँपालिकाको केन्द्रमा छैन विद्युत् सेवा

सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन।
 |  आइतबार, पुस १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

vianetvianet

दिपायल- सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन। डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो। 

स्थानीय सरकार स्थापना भएको करिब ६ वर्ष बितिसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसरण लाइन पुग्न सकेको छैन। गाउँपालिका–१ बिपीनगरस्थित कापडी गाडमा विद्युत्गृह निर्माण गरिए पनि अहिलेसम्म पालिकाका सबै वडामा विद्युत् विस्तार हुनसकेको छैन।

कृषि क्षेत्रको उर्वरभूमि मानिएको बडिकेदारमा विद्युत् सेवा नहुँदा फलफूलसँगै तरकारीका भण्डारका लागि तयार शीतभण्डार उपयोग हुन नसकेको बडिकेदार गाउँपालिका–२ का स्थानीय व्यापारी खड्क मौनीले बताए। 

नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रसारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्षअघि बोलपत्र आह्वान गरेको थियो। तार तान्ने र पोल हाल्न सुरु गरे पनि गाउँपालिकाको कुनै पनि वडामा विद्युत् लाइन नपुगेको बडिकेदार गाउँपालिका–५ का प्रकाश मल्लको भनाइ छ। 

बडिकेदार गाउँपालिकाको हाल वडा नं १ बिपिनगरमा रहेको विद्युत् सेवालाई थप प्रभाकारी बनाउँदै गाउँपालिकाको केन्द्रसँगै वडा नं १, २, ३, ४ र ५ वडामा बिस्तार गरिने बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए। भने, “आगामी पाचँ वर्षमा सबै वडामा बिजुली बिस्तार हुन्छ।”

विद्युत् प्राधिकारण दिपायल कार्यालयका प्रमुख राजेन्द्र लालदेवले बडिकेदार गाउँपालिकामा विद्युत् बिस्तारका लागि रु ३१ करोड ४४ लाख ९४ हजार लागत लाग्ने विवरण पेस गरे पनि रु १२ करोड मात्रै विनियोजित गरेको बताए। रासस

प्रकाशित: Dec 25, 2022| 07:00 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।