शुक्रबार, वैशाख २५, २०८३

क्रिसमस इभमा झुम्यो ठमेल

इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमसको पूर्वसन्ध्यामा पर्यटकीय गन्तव्य ठमेलमा रौनक छाएको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

National life

इसाई धर्माबलम्बीहरूको पर्व ‘क्रिसमसको पूर्वसन्ध्यामा पर्यटकीय गन्तव्य ठमेलमा रौनक छाएको छ।

इसाई धर्मावलम्बीले खुसीयाली, उपहार र शुभकामना साटासाट गरी मनाउने यो पर्वको पूर्वसन्ध्यामा शनिबार राति ठमेलमा रौनक छाएको हो। इसाई धर्माबलम्बीले जिसस क्राइस्ट जन्मिएको दिनलाई ‘क्रिसमस डे’का रूपमा मनाउने गर्दछन्।

डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमस मनाउन अघिल्लो दिन राति ‘क्रिसमस इभ’ मनाउने चलन छ। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले क्रिसमसको अवसरमा ठमेल क्षेत्रमा भीडभाड बढेको बताए।

क्रिसमस डेमा हुने भीडभाडलाई मध्यनजर गरी ठमेलभित्र छिर्ने सवारीसाधनलाई शनिबार साँझ ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्मका लागि बन्द गरिएको थियो।

क्रिसमसको अवसरमा ठमेल क्षेत्रका होटल ७० प्रतिशतभन्दा बढी भरिएका थिए। ठमेलमा विदेशी तथा क्रिश्चियन धर्मावलम्बीको भीडभन्दा पनि नेपाली युवायुवतीको भीड बढी भएको थियो।

क्रिसमस आउन सुरु हुनुभन्दा एक हप्ता पहिलेदेखि नै होटल तथा सपिङ सेन्टरमा ‘क्रिसमस ट्री’ सजाएर राखिएको छ। काठमाडौँका ठमेलबाहेक दरबारमार्ग, पुतलीसडक, झम्सिखेल, लाजिम्पाट, नक्साल, बानेश्वर आदि स्थानका होटल, सपिङ मल तथा रेस्टुराँमा क्रिसमस इभलक्षित विभिन्न कार्यक्रमसमेत आयोजना गरिएका छन्।

डिसेम्बर २५ लाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ। यही दिन क्रिसमस मनाइन्छ। सन् ३५० देखि यो चाड मनाउन सुरु भएको पाइन्छ।

प्रकाशित: Dec 25, 2022| 06:00 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।