काठमाडौं- शुक्रबार बिहानदेखि बेलुकासम्म राजधानीका पेट्रोल पम्ममा खचाखच भीड थियो। सडक नै ढाक्ने लामो लाइन हेर्दा लाग्थ्यो, फेरि नाकाबन्दी सुरु हुन थाल्यो।
पेट्रोल पम्ममा यस्तो लाइन बिहीबारदेखि देखिन थालेको थियो। गत सोमबारदेखि ट्याकंर चालकआन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भयो र त्यसको सबैभन्दा भयानक असर तत्काल राजधानीमा देखियो। त्यसले नाकाबन्दीको झल्को दियो।
नाकाबन्दीबाट पीडित राजधानीबासी त्यही त्रासमा इन्धन जोहो गर्न तछाडमछाड गर्दै लाइनमा बसे र यो दीर्घकालीन समस्या नभएको जानकारी सरोकारवाला निकायले दिदा पनि उनीहरुले पत्याएनन् । नाकाबन्दीकै बेला जस्तो सवारी साधन मात्र होइन, जर्किन, ग्यालेन र बोटल लिएर उपभोक्ताहरु पेट्रोलपम्ममा कुरिरहेका थिए।
शुक्रबार साँझ भने नेपाल स्वतन्त्र चालक संघर्ष समिति र सरकारबीच आठबुँदे सहमति भएपछि पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...