शुक्रबार, जेठ ४, २०८१

विहारमा इँटाभट्टा विष्फोट हुँदा नौ जनाको ज्यान गयो

स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

नयाँ दिल्ली- पूर्वीभारतको विहार राज्यस्थित इँटाभट्टामा विष्फोट हुँदा भट्टाका मालिकसहित नौ जना मजदुरको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। 

triton college

स्थानीय अधिकारीका अनुसार विहारको राजधानी पटनाबाट एक सय ५४ किलोमिटर उत्तरमा अवस्थित पूर्वीचम्पारण जिल्लाको नारिगिर गाउँमा शुक्रबार साँझ उक्त दुर्घटना भएको हो। घाइतेको रक्सोलको निजी अस्पतालमा उपचार भइरहेको छ।

विष्फोटको जानकारी प्राप्त हुने वित्तिकै उद्धारकर्ता र प्रहरी घटनास्थलमा पुगेका पूर्वीचम्पारण जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ। राज्यको विपद् व्यवस्थापन केन्द्रका उद्धारकर्ता भग्नावशेषमुनि खोजी गरिरहेका छन्। विष्फोटको कारण सार्वजनिक गरिएको छैन। सम्बद्ध निकायले अनुसन्धान थालेको छ। 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।  -सिन्ह्वा


प्रकाशित: Dec 24, 2022| 20:29 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।