शुक्रबार, साउन १, २०८३

नवनिर्वाचित सभापतिले लिए शपथ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। 

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित विशेष समारोहमा सभामुख महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिएका हुन्। 

शपथ लिनेमा अर्थ समितिका नवनिर्वाचित सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका पवित्रा निरौला, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका विमलप्रसाद श्रीवास्तव र कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका नवनिर्वाचित सभापति पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिका निरुदेवी पाल, राज्य व्यवस्था तथा सुशासन समितिका शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापतिमा भरतकुमार शाहले पनि शपथ लिए। 

ज्येष्ठ सदस्यका रुपमा समितिको बैठकको अध्यक्षता गरी आएका सांसदलाई उनीहरुले पुर्‍याएको योगदानको कदर गर्दै सोही समारोहमा सभामुख महराले सम्मान गरे।  

सो अवसरमा सभामुख महराले १० विषयगत समितिमध्ये ६० वटामा महिलाले नेतृत्व गर्नु आफैँमा गौरवको विषय भएको बताए। समितिका हुने सबै खालका छलफल संघीय संसद्को सम्पत्ति भएको जनाउँदै समितिको सभापतिमा सर्वसम्मत गराउन योगदान दिने राजनीतिक दल र नेतृत्वप्रति धन्यवाद व्यक्त गरे। 

समारोहमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचेतक देवप्रसाद गुरुङलगायतको उपस्थिति थियो । निर्वाचित सबै सभापतिले आजै पद बहाली गरेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।