शनिबार, साउन १०, २०८२

सरकार गठनका लागि अन्तिम कसरतमा दलहरू

संसद्‍मा कसैले पनि सरकार गठनका लागि बहुमत ९१३८ सिट० नल्याएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको मागदाबी गरेको छ। संसद्‍मा उसका ८९ जना सांसद छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रदेखि प्रदेशसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ। त्यसैअनुसार उसले सरकार गठनको पहल गरिरहेको छ।
 |  आइतबार, पुस १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

vianetvianet

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण नतिजाको फाइल हस्तान्तरण गरेपछि राष्ट्रपति भण्डारीले राजनीतिक दलहरुलाई नयाँ सरकार गठन गर्न ३ पुसमा साताव्यापी समय राखेर आह्वान गरेकी छन्। राष्ट्रपतिले १० मंसिर आइतबारसम्मको सीमा दिएसँगै राजनीतिक दलहरू सरकार गठनको कसरतमा लागेका छन्।

संसद्‍मा कसैले पनि सरकार  गठनका  लागि बहुमत ९१३८ सिट० नल्याएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको मागदाबी गरेको  छ। संसद्‍मा उसका ८९ जना सांसद छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रदेखि प्रदेशसम्म आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ। त्यसैअनुसार उसले सरकार गठनको पहल गरिरहेको छ। विभिन्न तहमा बैठक, छलफल जारी छ। 

उता संसद्को तेस्रो ठूलो दल नेकपा माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ पार्टी बैठकबाटै। माओवादी अध्यक्ष प्रचण्ड कांग्रेससँग मिलेर सरकार बनाउँदा सुरुमा आफू प्रधानमन्त्री हुनुपर्ने माग गरिरहेका छन्। 

राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। समय घर्किंदै जाँदा दलहरु सरकार गठनको जोडघटाउमा व्यस्त छन्। शनिबार दिनभर पनि राजनीतिक भेटघाटमा व्यस्त भए नेताहरु। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन नभत्काउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर उनले सत्ता गठबन्धनलाई नभत्काउन आग्रह गरेका हुन्। ‘मैले खुमलटार पुगेर सत्ता गठबन्धन जोगाऔं भनें। उहाँले कांग्रेस इमान्दार हुनुपर्ने बताउनुभयो। म आफ्नो कुरा गर्न गएको थिइनँ। प्रचण्डजीले अडान कायमै राख्नुभएको छ। गठबन्धन नभत्काऔं भनेको छु,’ पौडेलले भने। खुमलटारमा प्रचण्डसँग छलफल गरेपछि पौडेलले कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्यो। बैठकमा मुख्यतः प्रधानमन्त्रीमा कसलाई अगाडि सार्ने भन्ने विषयमा छलफल भएको थियो। प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दाबी गरिरहेका छन्। मंसिर ४ को निर्वाचनमा गठबन्धन सहभागी भएर कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा निर्वाचनमा गएका थिए। यी दलहरू अहिले सरकार गठनको तयारीस्वरुप छलफलमा रहेका छन्।

सत्तारुढ गठबन्धनका तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति बैठकमा जुटेको छ। तर पहिलो चरणमा देउवा कि प्रचण्ड भन्ने टुंगिएको छैन। नेताहरुका अनुसार आज बिहान बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार गठनका लागि दाबी गरिनेछ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन तीनवटै दल सहमत देखिएका छन्। प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ। देउवा र प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन्। बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने बताएका थिए। एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने को पहिले भन्ने विवादलाई ठूलो नबनाउन र आपसमा सहमति खोज्न सुझाएका छन्। को पहिला प्रधानमन्त्री बन्ने भन्ने टुंगो लगाएसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको बाँडफाँट टुंगो लाग्ने भएको छ।

कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार सबै विषय टुंगिने दाबी गरेका छन्। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्कीले भने, ‘यसमा हलो अड्किन्न, प्रधानमन्त्री को पहिले हुने भन्ने कुरा गौण कुरा हो, मुलुकलाई अहिलेको जनताको आकांक्षा अनुसार कसरी अगाडि बढाउने कुरा महत्वपूर्ण कुरा हो। गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ।’साइडलाइनमा एमाले पनि छलफलमा छ। माओवादी गठबन्धन छोडेर आए सहकार्य हुने एमाले अध्यक्ष ओलीले बताइरहेका छन्। प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेका अध्यक्ष ओलीले समयमा निर्णय लिन दलका नेताहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्रीमा इच्छा देखाइरहेका माओवादी अध्यक्ष प्रचण्डले निर्णय गर्न ढिला गरेको ओलीको भनाइ छ। अरु नेताहरूले पनि समयमा निर्णय लिन सकेनन् भने मुलुक मध्यावधि निर्वाचनतिर जाने ओलीको दाबी थियो।

एमालेले सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन छोडेर आउन माओवादी केन्द्रसामु प्रस्ताव राखेको छ। माओवादीले भने सुरुमा गठबन्धनबाटै प्रधानमन्त्री प्राप्तिका लागि प्रयास गर्ने भनेर एमालेको प्रस्तावलाई महत्व दिएको थिएन–छैन।

उता कांग्रेसले नयाँ सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ। खाली कागजमा शुक्रबारदेखि नै कांग्रेसले आफ्ना सांसदको हस्ताक्षर संकलन गर्न थालेको हो। कांग्रेसले शनिबार दिउँसो बालुवाटारमा सांसदको भेला बोलाएको थियो। कांग्रेस संसदीय दलको निर्वाचनपछि कांग्रेस सांसदहरुको पहिलो पटक भेला भएको हो। माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी नछाडेपछि देउवाले सांसदहरुलाई बोलाएका हुन्।

महामन्त्री गगन थापालाई हराउँदै सभापति शेरबहादुर देउवा संसदीस्य दलको नेतामा निर्वाचित भइसहेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत पुर्‍याउन १३८ सिट चाहिन्छ। नेपाली कांग्रेसले प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटमा जितेको छ। कांग्रेसका सांसदहरुले शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने तर्क उनीहरुको छ। जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताएका थिए।

साना दलसँग पनि छलफल
पहिलो चरणको प्रधानमन्त्री नपाए एमालेसँग मिल्ने संकेत प्रचण्डले दिएपछि देउवा निकट कांग्रेस नेताहरुले माओवादीबाहेकका दलहरूसँग पनि छलफल चलाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत लगायत दलका नेताहरूसँग छलफल चलेको हो। कांग्रेसले सरकार बनाउनका लागि राप्रपा, रास्वपा, नेकपा एसलगायत साना दलको मात्र समर्थन लिए पनि पुग्छ। तर यसो गर्दा राष्ट्रपति, उपराष्ट्रपति लगायत पदको निर्वाचनमा असर पर्छ। संसद्मा रास्वपाका २०, राप्रपाका १४, नेकपा एसका १०, जनमत पार्टीका ६ र लोसपाका ४ सांसद छन्। यसमा कांग्रेसका ८९ सांसद जोड्दा १४३ सिट पुग्छ।

रास्वपा सभापति तथा संसदीय दलका नेता रवि लामिछानेले सरकारमा जाने विषयमा पार्टीले ढोका बन्द नगरेको बताएका छन्। लामिछानेले सरकार बनाउन सघाउने बताइसकेका छन्। जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि सरकारमा सहभागी हुन आफूहरू तयार रहेको भन्दै बहुमतका लागि आवश्यक पर्ने सिट संख्या पुर्‍याइदिने बताएका छन्। नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा जान तयार नै देखिन्छ। यसका लागि रेशम चौधरीको रिहाइ उसको शर्त छ।

राप्रपामा पशुपति शमशेर राणालगायत केही नेता कांग्रेससँग मिलेर सरकार बनाउन छलफलमै छन्। दीपक बोहरा, विक्रम पाण्डे सरकारमा जानुपर्ने पक्षमा देखिएका छन्।

प्रकाशित: Dec 25, 2022| 06:51 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...