शनिबार, साउन १०, २०८२

घुम्ती सेवा चलाउँदै व्यास नगरपालिका

वडा–वडामा सञ्चालन गरिने एकीकृत घुम्ती सेवामार्फत नगरबासीलाई सामाजिक सुरक्षा भत्ता कार्डदेखि व्यक्तिगत घटना दर्तासम्मको सुविधा दिइने।
 |  शनिबार, पुस ९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

vianetvianet

तनहुँ– तनहुँको व्यास नगरपालिकाले ११ देखि २० पुससम्म एकीकृत घुम्ती सेवामार्फत नगरबासीलाई घरआँगनमै पुगेर सेवा दिने भएको छ।सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जीकरण इकाइबाट व्यक्तिगत घट्ना दर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए। 

योजना सम्झौता तथा किस्ता सिफारिस, बालीमा देखापर्ने रोगको जैविक विषादी, तरकारीका उन्नत बिउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिनेछ। विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तन क्यान्सर, एचआईभी, टिबी, औलो रोग, मधुमेह, उच्च रक्तचाप परीक्षण हुनेछ। कोभिड खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधी वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुई वर्षमुनिका बालबालिकाको वृद्धि अनुगमन र पोषणसम्बन्धी सेवा प्रदान गरिनेछ। 

आयुर्वेद इकाइबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधी वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ। पशु स्वास्थ्य सेवाका लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधी वितरण र पशु भ्याक्सिनलगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपांगता भएकाको परिचयपत्र र महिला विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम रहेको छ। 

वास्तविक कृषक पहिचान गरी अनुदान 

जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयले वास्तविक कृषक पहिचान गरेर मात्रै अनुदान दिने व्यवस्था अघि बढाएको छ। व्यावसायिक कृषकलाई प्रोत्साहनस्वरुप प्रदान गर्ने अनुदान रकम हचुवाको भरमा नभई स्थलगत अनुगमनपछि दिने योजना नगरपालिकाले बनाएको हो।

अनुदानका लागि गाउँपालिकामा आवेदन दिएका कृषकको फार्ममा पुगेर अनुगमन समितिले अनुगमन कार्यलाई निरन्तरता दिँदै आएको छ। म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्र दर्ता गरेर व्यवसाय गरेका कृषकको अनुगमन तथा निरीक्षण गर्दै आएको छ। 

अनुगमनमा पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समिति संयोजक बालकृष्ण घिमिरे, पालिका सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेल रहेका छन्। कृषकले पेस गरेका कागजातको आधारमा मात्रै अनुदान नदिइने भएकोले अनुगमन समितिले प्रत्यक्ष अवलोकनपछि मात्रै अनुदान दिने योजना रहेको अनुगमन समिति संयोजक घिमिरेले जानकारी दिए। 

गाउँपालिकाले व्यावसायिक कृषकका लागि यस चालु आवमा बोका वितरणका लागि ३ लाख ५० हजार, औजार, चापाकटरमा १ लाख, माछाको भुरा खरिद तथा गोठ, खोर निर्माणका लागि ४ लाख र स्थानीय कुखुरामा १ लाख बजेट विनियोजन गरेको छ। पालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वास्तविक कृषक पहिचानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरेको बताए। 

अनुदानका लागि धेरै जनाको आवेदन परेको हुँदा वास्तविक कृषकको पहिचानका गर्न कठिनाइ भएकाले फार्म निरीक्षणमा जाने र त्यसको आधारमा अनुदान दिने व्यवस्था मिलाइएको उनको भनाइ छ। 

जनताको आवश्यकता, कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागि पनि सहज हुने भएकाले अनुगमन कार्यलाई प्राथामिकता दिइएको अनुगमन संयोजक बालकृष्ण घिमिरेले बताए। उत्पादित वस्तुलाई बजारीकरण गर्दै समृद्ध म्याग्दे वनाउने सुनौलो सपना रहेको हुदाँ उत्पादनमुखी कार्यक्रमलाई गाउँपालिकाले जोड दिँदै आएको छ।–रासस

प्रकाशित: Dec 24, 2022| 17:35 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।