शुक्रबार, साउन १, २०८३

नेकपाले तोक्यो प्रदेश इन्चार्ज र अध्यक्ष

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव बमोजिम पार्टी जिम्मेवारी तोकिएको हो । 

पार्टी सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार प्रदेश नं १ का इञ्चार्जमा भीम आचार्य, सहइञ्चार्जमा सावित्रीकुमार काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन् ।

त्यसैगरी प्रदेश नं २ का इञ्चार्जमा सत्यनारायण मण्डल र सहइञ्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेल चयन भएका छन् । प्रदेश नं ३ का इञ्चार्जको जिम्मा अष्टलक्ष्मी शाक्य र सहइञ्चार्जको नारायण दाहालले पाएका छन् । प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल चयन भएका छन् । 

त्यस्तै गण्डकी प्रदेशको इञ्चार्जमा पृथ्वी सुब्बा गुरुङ र सहइञ्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली चयन भएका छन् । त्यसैगरी प्रदेश नं ५ का इञ्चार्जको जिम्मा शङ्कर पोखरेलले र सहइन्चार्जमा दलबहादुर रानाले पाएका छन् । पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा नियुक्त भएका छन् । 

कर्णाली प्रदेश इञ्चार्जमा जनार्दन शर्मा र सहइञ्चार्जमा यामलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा चयन भएका छन् । त्यसैगरी प्रदेश नं ७ का इन्चार्जमा भीमबहादुर रावल र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाएका छन् । 

गत जेठ ३ गते साविकको नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) एकतापछिको यो निर्णयलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । देशका ७७ जिल्ला र जनवर्गीय संगठनको एकतासम्बन्धी कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाइसकेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।