शुक्रबार, वैशाख २५, २०८३

५ किलो बढि कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

नेपाल प्रहरीले ५ किको ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- ठूलो परिमाणमा लागूऔषध कोकिनसहित दुई विदेशी महिला पक्राउ परेका छन्। नेपाल प्रहरीले ५ किको ६ सय ग्राम कोकिनसहित दुई जना विदेशी महिलालाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा युक्रेन र थाइल्याण्डका महिला रहेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो। 

पुष ६ गते दुबईबाट काठमाडौं आएकी युक्रेनी नागरिकको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्ने क्रममा ठमेलमा पक्राउ गरिएको र उनले ल्याएको दुई वटा सुटकेशभित्र फल्स बटम बनाई लुकाइराखेको अवस्थामा ५ केजी ६ सय ग्राम कोकिन र केही अमेरिकी डलर, थाई भाट र नेपाली रुपैयाँ बरामद गरिएको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालले जानकारी दिए।

थप अनुसन्धानको सिलसिलामा कोकिनको सुटकेश लिन आएकी थाई नागरिकलाई पनि पक्राउ गरिएको उनले बताए। बरामद भएको कोकिनको अवैध बजार मूल्य १२ करोडभन्दा बढि रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 23, 2022| 17:46 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।