आइतबार, वैशाख १६, २०८१

'एक व्यक्ति' ले गिजोलिएको नेपाल क्रिकेट लिग

लिगबारे मुद्दा परेपछि लिग दुई पटक सरिसकेको छ। ‘सुप्रिम कोर्ट, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण, राखेप, मन्त्रालय सबैतिर यो लिग हुनु हुँदैन भनेर मुद्दा दायर छ। त्यसैकारण तयारी गर्न नपाएको हो,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘एक व्यक्तिका कारण यो लिग भइरहेको थिएन।’
 |  शुक्रबार, पुस ८, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, पुस ८, २०७९

काठमाडौं– शुक्रबार काठमाडौंमा आयोजित नेपाल टी–२० लिगको पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले पटक पटक बोलेको शब्द हो ‘एक व्यक्ति।’ पत्रकारले राखेका विभिन्न जिज्ञासाको जवाफ दिने क्रममा उनले भनिरहे, ‘एक व्यक्ति’ ले गर्दा यस्तो ‘तमासा’ भइरहेको छ। आयोजकले पूर्वनिर्धारण गरेअनुसार नै भएको भए यो लिग असोज ८ गते नै सुरु भइसक्नु पर्ने थियो। तर एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रालि का मालिक अमिर अख्तरले नेपाल टी–२० लिगविरुद्ध रिट दर्ता गरेपछि लिग हुन सकेन।

triton college

यद्यपि चन्दले कसैको नाम भने बताएनन्। भने, ‘लुकेको केही पनि छैन। सबै जानकार नै छौं। क्रिकेटलाई सत्यनास पार्न कुनै तत्व लागेको छ। सरकारी संस्थादेखि नेताहरु कसैलाई छोडेको छैन। यो कुरा नै स्पष्ट हो कि क्रिकेट संघले काम गर्न खोजेको हो। त्यही काम गर्दा वाधा आइरहेको छ। गरेन भने निकम्मा संघ भनेर तपाईंले नै भन्नुहुन्छ। गर्यो भने पनि भ्रष्टाचार भयो भन्नुहुन्छ। विवाद खडा गरिएको छ। कुरा क्लियर हो।’

लिगबारे मुद्दा परेपछि लिग दुई पटक सरिसकेको छ। ‘नेपालको सुप्रिम कोर्ट, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण, राखेप मन्त्रालय सबैतिर यो लिग हुनु हुँदैन भनेर मुद्दा दायर छ। त्यसैकारण तयारी गर्न नपाएको हो,’ जवाफ दिने क्रममा अध्यक्ष चन्दले भने, ‘एक व्यक्तिका कारण यो लिग भइरहेको थिएन।’

बीचमा लिगका लागि क्यान र सेभेन थ्री स्पोर्टसले पनि जागरुकता नदेखाएपछि लिग नै हुँदैन कि भन्ने शंकाहरु उब्जिएका थिए। यसअघि पनि क्यान र सेभेन थ्री स्पोर्टसको सम्बन्ध सुमधुर थिएन। सुरुमा प्रतियोगिताको सम्झौता गरेर क्यानले एकपटक सम्झौता भंग गरिसकेको थियो।

त्यसपछि सेभेन थ्री स्पोर्टसले धम्कीपूर्ण इमेल पठाएर सम्झौता खारेज गरे कानुनी सहायता खोज्ने बनाएको थियो। त्यसपछि धनगढीमा सम्पन्न भएको क्यानको साधारणसभाले त्यो सम्झौतालाई मान्यता दिएको हो।  ‘धेरै कुराहरु भएपछि क्यानको एजिएमले नै यो सम्झौतालाई सदर गरेको छ। भोलि अर्को एजिएमले के गर्ला त्यो फरक कुरा भयो। तर अहिले हामी यो सम्झौतामा अडिग छौं,’ चन्दले शुक्रबार भनेका छन्। पछिल्लो समय क्यानले जेठ ४ गते नेपाल टी२० लिगको घोषणा गर्दा यो लिग समान हुने सबै लिग खारेज हुने वा प्रदेशिक स्तरको हुने जानकारी गराएको थियो।

corrent noodles
Metro Mart

यससँगै ईपिएल र टी२० लिगबीच विवाद सिर्जना भएको हो। एभरेष्ट प्रमियर लिग प्रालिले विदेशी कम्पनीलाई विदेशी कानुनअनुसार नेपाल टी–२० लिग व्यवस्थापनको जिम्मा दिएकोमा अन्तरिम आदेशको मागसहित सर्वोच्चमा जेठ १२ गते नै रिट दायर गरेको थियो। सर्वोच्च अदालले जेठ १६ गते कारण देखाउ आदेश जारी गरेको केहि दिनपछि क्यान अध्यक्षले भनेका थिए, हामीलाई कारण देखाउ आदेश आएको छ तर स्थगित गर्नु भनेर अन्तरिम आदेश आएको छैन। अहिले अदालतको पेसी सरिरहेको छ। हामी सम्मानित अदालतको निर्णयलाई मान्नेछौं। तर, अहिलेसम्म कुनै आदेश नआएको हुनाले आयोजना प्रक्रिया निरन्तर अगाडि बढिरहेको छ।’ उनले यो कुरा ईपिएलको चार टिम सार्वजनिक गर्ने कार्यक्रमा गत साउन २ गते भनेका थिए।

तर त्यसबीचम अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा आयोजना प्रक्रिया अगाडि बढ्न नदिन क्यानका ६ जना कार्यसमिति सदस्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा निवेदन दिए। यी कुराहरुलाई सम्झिँदै क्यानका अध्यक्ष भन्छन्, ‘एसोसिएट्सले ठूलो लिग गर्न धेरै झमेला झेल्नु पर्ने रहेछ। त्यसमाथि नेपालको कानुनी जटिलताका कारण सबै स्तरमा हामी रोकिनु परिरहेको अवस्था छ।’

लिगबारे मुद्दा परेपछि लिग दुई पटक सरिसकेको छ। ‘सुप्रिम कोर्ट, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण, राखेप, मन्त्रालय सबैतिर यो लिग हुनु हुँदैन भनेर मुद्दा दायर छ। त्यसैकारण तयारी गर्न नपाएको हो,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘एक व्यक्तिका कारण यो लिग भइरहेको थिएन।’

अहिले टी२० लिग रोक्नका लागि सरकारले कुनै आदेश दिएको छैन। मुद्दाको पेशी पनि तोकिँदै–रोकिँदै भइरहेको छ। कहिले हेर्दाहेर्दैमा परेको छ। अहिले नौ महिना पछि सरेर पेशी नै अहिलेको छ महिना पछि पुगेको छ। त्यसैले लिग रोक्न नपर्ने चन्दको दाबी छ। 

चन्दले भने, ‘कारण देखाउ आदेशपछि नै प्रतियोगिताको लागि ‘यस वा नो’ भन्दिनु पर्यो भनेर अनुरोध गरेका थियौँ। अहिले छ महिना पछि पेशी राखिएको छ। त्यसको फैसलाका लागि १० वर्ष कुनुपर्ने हुन सक्छ। त्यति बेलासम्म कुर्ने कुरा त भएन। त्यसैले प्रतियोगिता गर्ने भएका हौँ।’

प्रतियोगिता आयोजना गरिएको मितिमा सुरु नै नभएपछि यसबारे उब्जिएका शंकाहरुलाई भने क्यानले प्रतियोगिताको नकारात्मक प्रचारको रुपमा व्याख्या गरेको छ। ‘धेरै अन्योलताबीच नकारात्मक हल्लाहरु पनि भएका छन्। यसबारे धेरै विष्लेषण भइसकेको छ,’ उनले भने। चन्दले सफा चरित्र र सहि नियतका साथ लिग गरेका कारण खेलाडीको हितमा हुने दाबी गरेका छन्। खेलाडीलाई आत्मनिर्भर हुनुपर्छ भनेरै लिग गरिएको हो।’

लिग नभए पनि सहभागी क्लबहरुले क्लब दर्ता गर्न सक्थे। तर उनीहरुले क्लब नै दर्ता गरेनन्। क्लब दर्ता नभएपछि लिग सुरु हुने अघिल्लो दिनसम्म विदेशी खेलाडीले श्रमस्वीकृति पाएका छैनन्। 

‘सबै पेपरवर्क भइरहेको छ। क्यानका पदाधिकारी काममा नै छन्। तर हौवा खडा भइरहेको छ। पहिलो पटक विदेशी खेलाडीलाई पनि नेपालमा खेलेपछि यहाँको सरकारलाई ट्याक्स रहनुपर्छ। त्यसको लागि काम भएको छ। क्लबको एक–एक दिनको खर्च नै धेरै छ,’ चन्दले भनेका छन्, ‘सेभेन थ्री स्पोर्टसले पूरा गरेको छैन। कागज पुर्याएको छैन भन्ने कुरा छ। पेपर जम्मा भइसकेको छ। प्रतियोगिता सार्ने कारण नै त्यहि हो।’

प्रतियोगिता आयोजना भएपछि पनि यसको स्पोन्सरको विषयलाई लिएर विवाद सिर्जना भएको छ। यसअघि क्यानले ‘डाफाबेट’को विज्ञापन राखेको प्रचार सामग्री हटाउन एक प्रतियोगितामा आयोजकलाई निर्देशन दिएको थियो। किनभने नेपालमा सट्टेबाजी अवैधानिक मानिने भएका कारण त्यसको प्रचार पनि गर्न पाइँदैन।

अहिले वान एक्स बेटझैं लाग्ने वान एक्स ब्याट भन्ने कम्पनी प्रतियोगिताको स्पोन्सर रहेको छ। यि दुवै कम्पनीको लोगो पनि मिल्छ। वान एक्स बेट पनि सट्टेबाजी कम्पनी हो। तर यसबारे उठेको जिज्ञासाको जवाफमा सेभेन थ्री स्पोर्टसका प्रतिनिधि जतिन अहलुवालीले आईसीसी (इन्टरनेसनल क्रिकेट काउन्सिल)ले मान्यता दिएको कम्पनी भएकाले प्रायोजक बनाएको बताएका छन्।

‘आईसीसीले यो कम्पनीलाई अप्रुभ गरेको छ। यो कम्पनीले लंका प्रिमियर लिगमा पनि स्पोन्सर गरेको छ। यो वान एक्स वेटभन्दा केहि फरक हो। यो वान एक्स ब्याट (बिएटी) हो। यसले क्रिकेटमा लगानी गरिरहेको छ,’ उनले भने। त्यस्तै प्रतियोगितामा म्याच फिक्सिङ हुने कुरालाई ध्यानमा राखेर स्पोर्टस इन्टिग्रिटी टिम आईसीसीबाटै आउने जतिनले बताएका छन्। मैदानमै स्पोर्टस राडारले खेल अध्ययन गर्ने पनि जतिनले जानकारी दिए।

लिगका दुई र चार दृष्टिकोण
यो लिगलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दुई दृष्टिकोणबाट हेरेको बताएका छन्। उनले लिगको सफलता र असफलतालाई ध्यानमा राखेर आफ्नो धारणा बनाएका छन्। उनले भने, ‘हामीले लिग गर्दै गर्दाको दुई पाटो हेरेका छौं। यदी हामी सफल भयौँ भने प्रतियोगिता उत्कृष्ट हुँदै जान्छ भन्ने विश्वास छ। यि सबै कुरा सधै नकारात्मक हुँदैनन्। यो सफल भयो भने नेपाली क्रिकेटको प्राण नै बन्छ।’ उनले अगाडि भने, ‘यदी लिग फेलियर नै भयो भने यसको अर्को पाटो पनि त हुन्छ नि, सिक्ने।’ 

नेपाल टी–२० लिग कीर्तिपुर मैदानमा शनिबारबाट सुरु हुँदैछ। क्यानले प्रतियोगिताको तालिका पनि सार्वजनिक गरिसकेको छ। ‘अहिले सबै विदेशी खेलाडी आइसके, क्यान तयार छ, टिम तयार छन्,’ चन्दले प्रतियोगिताबारे सकारात्मक हुँदै भनेका छन्, ‘तयारीका लागि एक दिन चाहिए पछि हामीले प्रतियोगिता एक दिन सारेको हो।’

यता जतिनले भने भोलिबाट सुरु हुने प्रतियोगिताका लागि चार पक्षको व्याख्या गरेका छन्। ‘नेपालमा टी २० को चार क्षेत्र छन्। नेपाली क्रिकेटर आर्थिक रुपमा पनि सबल बन्दैछन्। श्रेणीअनुसार खेलाडीहरुको पारिश्रमिक पाँच, १० र १५ लाख रहेको छ। यो ठूलो कुरा हो,’ उनले बताए।

त्यस्तै, ३० भन्दा धेरै विदेशी खेलाडी नेपालमा आएका छन्। उनले ति खेलाडीलाई विश्वस्तरिय भएको दावी गरेका छन्। ‘उपुल थरंगा, सिकन्दर राजाजस्ता खेलाडी नेपाल आएका छन्। विश्वस्तरिय खेलाडी आइरहेका छन् र नेपाली खेलाडीसँग खेलिरहेका छन्। यसबाट हाम्रो खेलाडीले फाइदा लिन सक्नेछन्,’ उनले भने।

त्यसबाहेक पनि नेपाली समर्थकले विश्वकपको उत्कृष्ट क्रिकेट हेर्न पाउने साथै टेलिभिजनमा पनि उत्कृष्ट क्वालिटीमा खेल प्रसारण हुने उनले बताएका छन्। ‘भोलीबाट तपाईंले प्रतियोगिताको क्वालिटी देख्नु हुनेछ। नेपाल टी–२० ले यस्ता धेरै कुराहरु ल्याइरहेका छन्। यसले खेलाडीको इकोनोमी बुस्ट गर्नेछ। हामीले सबैलाई राम्रो नै गरिरहेका छौं। हामीले गर्न नसके हामी बाहिरिने छौं,’ जतिनले भने।

विजेता र पुरस्कार
६ टोली सम्मिलित लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। त्यस्तै, उपविजता बन्ने टिमले ३० लाख पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा तेस्रो बन्ने टिमले १० लाख र चौथो टिमले पनि पाँच लाख पुरस्कार पाउनेछ।

यता, प्रतियोगिताको प्लेयर अफ दि सिरिजले पाँच लाख प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडी (बेस्ट बलर र ब्याट्सम्यान) ले समान दुई लाख ५० हजार पुरस्कार पाउने छन्।

खेलमा इमर्जिङ खेलाडीले एक लाख ८० हजार पाउने छ। हरेक खेलको प्लेयर अफ दि म्याचले ४० हजार पाउने छ। लिगमा जम्मा ३४ खेल हुनेछन्।

के भन्छन् क्लबका मालिक?

जनकपुर रोयल्सः प्लेटफर्म तयार छ। यो प्रतियोगिताको प्रिजेन्टेसन राम्रो हुनेछ भन्ने आशा राखेको छु।

विराटनगर सुपर किंग्सः आयोजनाका लागि धन्यवाद। हामी खेल्नका  लागि उत्साहित छौं।

पोखराः शंकाको बीचमा पनि लिग हुन लागेको छ। अब सुरु भयो र सफल भयो भने क्यान र सेभेन स्पोर्टसलाई धन्यावाद भन्नुपर्ने हुन्छ। हुँदैन भन्दा भन्दै पनि भएको छ। सबैलाई धन्यवाद दिन चाहन्छौं।

फारवेस्ट युनाइटेडः लिगमा सहभागिताको अवसरका लागि धन्यवाद छ। फारवेस्ट सम्हादा आनन्दको अनुभूति भइरहेको छ। 

लुम्बिनी अलस्टार्सः नेपाल र यो प्रतियोगिताको लागि खुसी छौं। धेरै नै अब्स्ट्याकल छन्। तर पनि हामी खुसी छौं। नेपाल एक सफल देश हुनेछ भन्ने आशा छ। नेपालका लागि यो खुसीको कुरा हुनेछ।

प्रकाशित: Dec 23, 2022| 17:18 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।