शुक्रबार, साउन ९, २०८२

काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना निर्माण सुरू

काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरू गरेको छ।
 |  शुक्रबार, पुस ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

vianetvianet

काठमाडौं- काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका ३ वटै जिल्लाको एकीकृत गुरुयोजना निर्माण सुरू गरेको छ। 

सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ। काठमाडौं उपत्यकाको एकीकृत गुरुयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी इन्जिनीयर सौरव ढकालले जानकारी दिए। 

एकीकृत गुरुयोजना निर्माणपछि काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर, हराभरा शहर बनाउन सहयोग पुग्ने उनले बताए। गुरुयोजनाअनुसार काम गर्न काठमाडौं उपत्यकाका १८ वटै नगरपालिकालाई सहज हुनेछ। यसको कार्यान्वयन गर्ने जिम्मेवारी पनि यहाँका स्थानीय तहको हुने प्राधिकरणले जनाएको छ। 

एकीकृत योजनाअनुरूप काम भए/नभएको अनुगमन र नियमन भने प्राधिकरणले नै गर्नेछ। एकीकृत योजना बनाउन ९ करोड बजेट विनियोजन गरिएको छ। १ महिनाअघिदेखि शुरू भएको एकीकृत गुरुयोजना निर्माण १५ महिना अर्थात् २०८० फागुनसम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: Dec 23, 2022| 21:40 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।