बिहीबार, साउन ८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पत्रकारिता निष्पक्ष, स्वतन्त्र र मर्यादित हुनैपर्छ : राष्ट्रपति भण्डारी

पत्रकारिता निष्पक्ष, स्वतन्त्र र मर्यादित हुनैपर्छ : राष्ट्रपति भण्डारी

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारिताको मर्यादामाथि विचलित नहुन सुझाएकी हुन्।
 |  शुक्रबार, पुस ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

vianetvianet

सुर्खेत– राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारितालाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन्।

शुक्रबारदेखि सुर्खेतमा सुरु भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पत्रकारिताको मर्यादामाथि विचलित नहुन सुझाएकी हुन्। 

नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान भुल्न नहुने राष्ट्रपति भण्डारीको धारणा छ। मुलुकको प्रणालीले राम्रोसँग काम गर्न नसके प्रजातन्त्रमाथि प्रश्न उब्जिने हुँदा राज्यको चौथो अंगले खबरदारी गरिरहनुपर्नेमा उनले जोड दिइन्। 

‘जनताको अपेक्षा पूरा नहुँदा राज्यप्रति असन्तुष्टि प्रस्तुत भइरहेका छन्। शासनशैली सुधार गर्नु छ। राज्यको चौथो अंगको रूपमा रहेको सञ्चारमाध्यम पनि उत्तिकै भूमिकामा रहनुपर्छ,’ राष्ट्रपति भण्डारीले भनिन्। डिजिटल प्रविधि प्रयोगसँगै सामाजिक सञ्जालले पत्रकारितालाई छायामा पार्न खोजेको उनको भनाइ छ।

पत्रकारिता लोकतन्त्रको अपरिहार्य पक्ष भएकाले यसले नागरिकको सूचनाको हक प्रत्याभूत गराउन र प्रेस स्वतन्त्रतालाई पूर्ण कार्यान्वयनमा  ल्याउन अग्रसर हुनुपर्ने आवश्यकता राष्ट्रपति भण्डारीले औंल्याइन्।

प्रकाशित: Dec 23, 2022| 15:40 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।