शुक्रबार, मंसिर १२, २०८२

बाँके भूकम्पको उच्च जोखिममा

पश्चिमको कुनै पनि क्षेत्रमा ८.६ रेक्टर स्केलको भूकम्प गए नेपालगञ्जका ३ हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

नेपालगञ्ज– बाँके भूकम्पको उच्च जोखिममा रहेको पाइएको छ। ४८५ वर्षयता पश्चिम नेपालमा ठूलो भूकम्प नगएकाले त्यसको जोखिममा पश्चिम क्षेत्र रहेको बेलायतको डोरमन विश्वविद्यालयले गरेको अध्ययनमा उल्लेख भएको भूकम्पीय विपद् तथा पूर्वतयारी आयोजनाका परामर्शदाता गेहेन्द्र बम बताउँछन्। 

National life

अध्ययनअनुसार रुकुम क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प गएमा नेपालगञ्जका २१८ घर पूर्णरुपमा क्षति हुने आकलन गरिएको छ। पश्चिमको कुनै पनि क्षेत्रमा ८.६ रेक्टर स्केलको भूकम्प गए नेपालगञ्जका ३ हजार घरमा क्षति पुग्न सक्ने प्रक्षेपण गरिएको परामर्शदाता बम बताउँछन्।

उमपहानगरमा मात्रै ११ हजार ८०० बढी मानिस विपद्को जोखिममा रहेको बताइएको छ। यसबाट सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका र अशक्त पीडित हुनेछन्। भूकम्पको जोखिम न्यूनीकरणका लागि उपमहानगरपालिका र आसपासका सहरी क्षेत्रमा भूकम्पीय विपद्को पूर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय तहलगायत सरोकार भएका संस्थाले योजना निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ।

जोखिम हटाउन उपमहानगरमा पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण अन्तिम चरणमा रहेको छ। यसअघि विभिन्न आठ क्लस्टर बनाएर छलफल गरिएको मस्यौदालाई टंगोमा लैजाने प्रयास भएको परियोजनाका अधिकृत शिव सुवेदीले बताए।

नेपाल रेडकस सोसाइटी नेपालगञ्ज शाखाका सभापति गोवद्र्धन सिंह भूकम्पीय जोखिमलगायत विपद्को सामाना गर्न स्थानीय सरकारको छुट्टै योजना हुनुपर्नेमा जोड दिन्छन्। नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल विपद् जोखिम व्यवस्थापन र न्यूनीकरणको विषय स्थानीय सरकारको प्राथमिकताको विषय भएको बताउँछन्। यसअघि सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले परियोजना अन्तर्गत नेपालगञ्जका संकाटासन्न क्षेत्रको जिआइएस म्यापिङ गरेको थियो।–रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2022| 17:55 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।