शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार्ल्स शोभराजलाई जेलबाट निकालेर अध्यागमनको जिम्मा लगाइयो

चार्ल्स शोभराजलाई जेलबाट निकालेर अध्यागमनको जिम्मा लगाइयो

हत्या अपराधमा जेल सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज थुनामुक्त भएका छन्।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- हत्या अपराधमा जेल सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज थुनामुक्त भएका छन्। बिहीबार उनलाई केन्द्रीय कारागार सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभागको जिम्मा लगाएको छ। अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ। 

National life

बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो। ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था छ।

चार वर्षअघि नै शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट  हालेका थिए। तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश भएको थियो। पछिल्लो पटक परेको बन्दी प्रत्यक्षीकरणको रिटमा भने उनकै पक्षमा फैसला आयो। 


प्रकाशित: Dec 23, 2022| 13:33 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।