बिहीबार, साउन ८, २०८२

काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

महानगरले फोहोर बिसौनी स्थल सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब २ किलोमिटर बाटो मर्मत गर्नुपर्ने भएकाले आगामी एक साता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने बताएको हो।
 |  शुक्रबार, पुस ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

vianetvianet

काठमाडौं– काठमाडौं महानगरले शुक्रबारदेखि एक सातासम्म उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने बताएको छ। महानगरले फोहोर बिसौनी स्थल सिसडोलदेखि बञ्चरेडाँडासम्मको करिब २ किलोमिटर बाटो मर्मत गर्नुपर्ने भएकाले आगामी एक साता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने जानकारी दिएको हो।

यसअघि फोहोर व्यवस्थापन गरिँदै आएकोे सिसडोलदेखि बञ्चरेडाँडासम्म करिब २ किलोमिटर बाटो मर्मत अगाडि बढाइएकाले आगामी एक सातासम्म उपत्यकाको फोहोर नउठ्ने भएको हो। सहरी विकास मन्त्रालयले फोहरका गाडी आउजाउ गर्दा बाटो मर्मतमा समस्या आएकाले महानगरलाई केही दिन फोहोरका गाडी नपठाउन आग्रह गरेको थियो। 

शुक्रबारदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापनको काम महानगरका वातावरण विभाग प्रमुख सरिता राईले बताइन्। बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ देखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरका गाडी अन्तिम व्यवस्थापनस्थलसम्म पुग्ने गरेका थिए।

महानगरले सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर, पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न आग्रह गरेको छ। हरेक दिन उपत्यकाबाट १ हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।

प्रकाशित: Dec 23, 2022| 11:40 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।