शुक्रबार, वैशाख २५, २०८३

डीएसपी सुरेन्द्रप्रसाद साहलाई खोज्दै गृह

गृह मन्त्रालयले प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) डा सुरेन्द्र प्रसाद साहको नाममा सात दिने सूचना जारी गरेको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

National life

काठमाडौं- गृह मन्त्रालयले प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) डा सुरेन्द्र प्रसाद साहको नाममा सात दिने सूचना जारी गरेको छ। बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ ठेगाना भएका उनी प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिए। तर उनी असोज ७ गतेदेखि कार्यालयमा गैरहाजिर रहेको सूचनामा उल्लेख छ। 

उनलाई खोजतलास गर्न घरसम्म जाँदासमेत फेला नपरेको भन्दे मन्त्रालयले शुक्रबर सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो सफाइसहित उपस्थिति हुन आउन निर्देशन दिएको छ। 

अन्यथा प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउनेतर्फको कारबाही हुने मन्त्रालयको सूचनामा उल्लेख छ।

प्रकाशित: Dec 23, 2022| 10:39 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।