बैतडी- बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर १ मा अस्पताल बनाउने निर्णय भएको थियो।
तर वडा नम्वर ७ का स्थानीयले आफ्नो ठाउँमा अस्पताल बनाउनुपर्ने माग राखेका छन्। सोही विषयमा विवाद हुँदा दुई वडाका स्थानीयबीच झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले झडपमा ३५ जना स्थानीय घाइते भएको बताए। अहिले अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।