शुक्रबार, वैशाख २५, २०८३

उपत्यकाको फोहोर व्यवस्थापन एक साता प्रभावित हुने

काठमाडौं महानगरको फोहोर व्यवस्थापन एक साताका लागि प्रभावित हुने भएको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- काठमाडौं महानगरको फोहोर व्यवस्थापन एक साताका लागि प्रभावित हुने भएको छ। सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किमि सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि एक साता फोहोर ढुवानी रोकिने भएको हो।

National life

सिसडोल–बन्चरेडाँडातर्फको सडक स्थायी रूपमा ढलान तथा कालोपत्रे गर्नुपर्ने भएकाले एक साताका लागि फोहोर ढुवानी रोक्न सहरी विकास मन्त्रालयले महानगरलाई आग्रह गरेको छ। सोहीअनुसार महानगरले ढुवानी रोक्ने तयारी गरिएको छ।

ढुवानी बन्द भएपछि उपत्यकामा नियमित फोहोर व्यवस्थापन कार्य प्रभावित हुनेछ। तर, सडकमै फोहोर थुप्रने गरी व्यवस्थापन नरोकिने महानगरले जनाएको छ। यदि फोहोर सडकमा जम्मा हुने अवस्था देखिएका टेकुमा लगेर थुपारिनेछ। 

हाल उपत्यकामा दैनिक एक हजार दुई सय मेट्रिकटन फोहोर उत्पादन हुन्छ। सो फोहोरमध्ये झन्डै ७५ प्रतिशत फोहोर सिसडोलमै व्यवस्थापन हुँदै आएको छ। अन्य फोहोर भने निजी कम्पनीसँगको सहायतामा यही व्यवस्थापन हुन्छ। 

प्रकाशित: Dec 23, 2022| 09:16 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।