बुधबार, साउन ७, २०८२

पूर्वप्रधानमन्त्री नेपालको स्वास्थ्यमा सुधार

शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा. सन्तकुमार दासले जानकारी दिए।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा. सन्तकुमार दासले जानकारी दिए। उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन्। 

डा. दासका अनुसार भोलि पूर्ण रुपमा स्वास्थ्य भई नेता नेपाल घर फर्किने छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालमा निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए। नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल अस्पताल पुगी नेता नेपालको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका थिए।


प्रकाशित: Dec 22, 2022| 20:50 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।