शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४० करोडका उपकरण किनेर कर्मचारीलाई तालिम दिइसकेपछि खोसियो हिमालय एअरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ

४० करोडका उपकरण किनेर कर्मचारीलाई तालिम दिइसकेपछि खोसियो हिमालय एअरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ

योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला कम्पनीले पाएको सो सुविधा अहिले जीवनराम श्रेष्ठको पालामा खोसिएको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- हिमालय एअरलायन्सलाई दिइएको सेल्फ ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल नागरिक उड्डयन प्राधिकरणले खोसिदिएको छ। योगेश भट्टराई पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका बेला कम्पनीले पाएको सो सुविधा अहिले जीवनराम श्रेष्ठको पालामा खोसिएको हो।

National life

यती एअरलायन्ससँगको सहकार्यमा चिनियाँ लगानीमा स्थापित हिमालयले २०७७ असोजमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति पाएको थियो। सातामा ३५ भन्दा बढी नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको अनुमति दिने प्राधिकरणको नियम छ।

ग्राउन्ड ह्यान्डलिङका लागि ४० करोड हाराहारीका उपकरण खरिद गरिएको र ५० जना जनशक्तिलाई तालिम दिइएको कम्पनीले बताएको छ।

पोखरामा सञ्चालनमा आउन लागेको सहित तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङको काम अब राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले गर्ने भएको छ। ग्राउन्ड ह्याण्डलिङमा यात्रु र ब्यागेज व्यवस्थापन तथा सरसफाइसहित अन्य थुप्रै काम पर्छन्।

प्रकाशित: Dec 22, 2022| 19:42 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।