शुक्रबार, साउन १, २०८३

दैलेखमा जिप दुर्घटना, १० घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- कर्णाली राजमार्गको दैलेख खण्डमा शुक्रबार बिहान जिप दुर्घटना भएको छ। जुम्लाबाट सुर्खेत आउँदै गरेको भे१ज ९७९ नम्बरको जिप बिहान दैलेखको आठबीस नगरपालिका-१ डावमा दुर्घटनामा परेको हो।

घटनामा परी १० जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार घाइते हुनेमा जुम्ला गोठीचौर-४ का ३८ वर्षीय रत्न पाण्डे, सोही ठाउँका १८ वर्षीय राज्यलक्ष्मी पाण्डे, वीरेन्द्रनगर-१ सुर्खेतका २६ वर्षीय जयहरि शर्मा, वीरेन्द्रनगर-३ का २२ वर्षीय पुरुषोत्तम अधिकारी र चन्दननाथ नगरपालिका-१० जुम्लाका १६ वर्षीय प्रकाश न्यौपाने छन्।

अन्य घाइतेको नाम, ठेगाना खुल्न बाँकी रहेको प्रदेश प्रहरीका सूचना अधिकारी डीएसपी योगेन्द्रबहादुर खड्काले जानकारी दिए। उनका अनुसार घाइते सबैलाई उपचारका लागि सुर्खेतस्थित क्षेत्रीय अस्पाल ल्याइँदैछ। जिप सडकबाट करिब ७० मिटर तल खसेको प्रहरीको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।