शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जेलबाट छुटे चार्ल्स शोभराज, अध्यागमनले स्वदेश पठाइदिने

जेलबाट छुटे चार्ल्स शोभराज, अध्यागमनले स्वदेश पठाइदिने

बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन्।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन्। बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन्।

National life

शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ।

सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ। बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो।

जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ।

शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो। 

जेलबाट छुटे पनि शोभराज बिहीबार बाहिर निस्किएनन्। अध्यागमन विभागले राख्ने अलग्गै ठाउँ नभएको जानकारी दिएपछि उनी एक रात केन्द्रीय कारागारमै रहने भएका हुन्। अध्यागमनले शोभराज विभिन्न रोगका बिरामी रहेकाले अन्य मानिसलाई राख्ने कोठामा राख्न नमिल्ने जानकारी कारागारलाई दिएको छ। स्वास्थ्य परीक्षण लगायत प्रक्रिया सकेर उनी प्राविधिक रुपमा भने जेलबाट छुटिसकेका छन्।

प्रकाशित: Dec 22, 2022| 18:38 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।