सोमबार, जेठ ७, २०८१

जो कतार विश्वकपपछि छाउन सक्छन्

केही उत्कृष्ट खेलाडीहरुको बिदाइ हुँदै गर्दा अर्का युवा खेलाडीको उदय पनि हुँदै थियो। कतार विश्वकपबाट युरोपियन फुटबलमा प्रभाव पार्न सक्ने खेलाडीहरुको पनि उदय भयो।
 |  बिहीबार, पुस ७, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बिहीबार, पुस ७, २०७९

काठमाडौं- खेलकुदमा मात्रै नभई अन्य कुनै पनि क्षेत्रमा एउटा उत्कृष्टको बिदाइ तथा उदयलाई सामान्य रुपमा लिइन्छ। कतारमा हालै सम्पन्न विश्वकपमा पनि त्यस्तै भयो। केही उत्कृष्ट खेलाडीहरुको बिदाइ हुँदै गर्दा अर्का युवा खेलाडीको उदय पनि हुँदै थियो। कतार विश्वकपबाट युरोपियन फुटबलमा प्रभाव पार्न सक्ने खेलाडीहरुको पनि उदय भयो। केही सम्भावित खेलाडी यस्ता छन्।

triton college

गोन्सालो रामोस (पोर्चुगल)
कतार विश्वकपमा पहिलो ह्याट्रिक हान्ने खेलाडी बने गोन्सालो रामोस। २१ वर्षे यी पोर्चुगिच युवा फर्वाडलाई प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा स्विट्जरल्यान्ड विरुद्धको खेलमा टिम कप्तान क्रिष्टियानो रोनाल्डोको स्थानमा सुरुवाती समय मैदान प्रवेश गराइएको थियो। जहाँ उनले प्रशिक्षकले आफूमाथि गरेको विश्वासलाई टुट्न दिएनन् र स्विट्जरल्यान्ड विरुद्ध शानदार ह्याट्रिक गरे। रामोस अहिले  घरेलु क्लब वेनफिकामा आवद्ध छन्। उनले गरेको प्रदर्शनले उनलाई प्रिमियर लिगका चेल्सी र म्यानचेस्टर युनाइटेड जस्ता ठूला क्लबले अनुबन्धको चासो देखाइसकेका छन्। 

एन्जो फर्नान्डेज (अर्जेन्टिना)
अर्जेन्टिनालाई विश्वविजेता बनाउन मैदानको मध्य भागमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी हुन् एन्जो फर्नाडेज। २१ वर्षे यी अर्जेन्टाइन कतार विश्वकपको उत्कृष्ट युवा खेलाडी अर्थात् सिल्भर बल विजेता समेत हुन्। डेब्यु विश्वकप अनि सानो उमेर तर उनले आफूलाई कतारबाट प्रमाणित गरेका छन्। पोर्चुगिच क्लब बेन्फिकामा आबद्ध उनलाई इङ्ग्लिस क्लब अनुबन्धको प्रस्तावको तयारीमा रहेको छ। प्रतियोगिताको पहिलो खेलदेखि नै सुरुवाती टिममा  रहेका उनले एक गोल र असिस्ट समेत गरे। अट्याकिङ मिडफिल्ड लाइमा चलाखी खेल खेल्ने फर्नान्डेज आगामी दिनका स्टार मिडिफिल्डर हुन सक्नेछन्।  

जुड बेलिङह्म (इङ्ग्ल्यान्ड)

बरुसिया डर्टमन्डबाट व्यावसायिक फुटबल खेल्दै आएका इङ्ग्ल्यान्डका १९ वर्षे युवा मिडफिल्डर वेलिङगमले कतारमा आफूलाई प्रमाणित गरे। प्रशिक्षकको मन जित्दै सुरुवाती टिममा पर्दै आएका थिए। उनले अर्का प्रतिभाशाली  मिडफिल्डर फिल फोडेनलाई  पछि पार्दै विश्वकपमा धेरै खेल खेल्दै धेरै गोल पनि गरे। विश्वकप सुरु हुनुअघि नै जर्मनीबाट आफूलाई चिनाइसकेका उनलाई आगामी दिनका उदीयमान मिडफिल्डरका रुपमा हेरिएको छ। 

corrent noodles
Metro Mart

जमल मुसियाला (जर्मनी)
जर्मनीमा जन्मिएका युवा विंगर मुसियाला इङ्गल्यान्डमा हुर्किएका थिए। १६ वर्षको उमेरमा जर्मन क्लब वायर्न म्युनिखमा अनुबन्ध भएका मुसियालालाई जर्मनीको टिममा थोमस मुलरको स्थान लिने खेलाडीको रुपमा हेरिएको छ। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि गोल विहिन रहँदै समूह चरणदेखि नै घर फर्किए पनि उनले कतारमा आफ्नो प्रदर्शनलाई उच्च नै राख्न सफल भए। १९ वर्षे मुसियालाले म्युनिखदेखि नै आफूलाई फुटबलमा परिचित गराइसकेका छन्। उनले विश्वकपमा सबै खेलमा सुरुवाती समय टिममा मौका पनि पाएका थिए। अहिले नै युरोपियन फुटबलमा सबैको नजर आफूमा तान्न सफल मुसियाला जर्मनीका भविष्य समेत हुन्।

कोडी ग्याक्पो (नेदरल्यान्ड्स)
२३ वर्षे डच विंगर कोडी ग्याक्पोले कतार विश्वकपमा आफ्नो राम्रो छाप छाड्न सफल भए। नेदरल्यान्डका लागि विश्वकपमा पाँच खेलमा तीन गोल गरेका उनी टिमका लागि मुख्य खेलाडी बने। घरेलु क्लब पिएसभीमा आबद्ध ६ फिट ४ इन्चका ग्याक्पो फुटबलमा उदीयमान खेलाडी भएको डच टिमका प्रशिक्षक लुइस भाग गालले बताएका छन्। उनलाई प्रिमियर लिगको लिभरपुलले अनुबन्ध गर्न इच्छुक रहेको बताएको छ। 

गाभी (स्पेन)
जाभी र इनिएस्टा फुटबलका ठूला नाम हुन्। पछिल्लो समय यी दुई खेलाडीलाई नयाँ पुस्ताले सम्हाल्ने जस्तो देखिँदैछ। ती हुन् स्पेनिस युवा मिडफिल्डर पेड्र र गाभी। स्पेनिस क्लब बार्सिलोनामा आबद्ध दुवै खेलाडीले अहिले फुटबलको ध्यान आफूप्रति तानिरहेका छन्। त्यसैबीच १८ वर्षे गाभी जसले सन् २०२२ को उतकृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। कतार विश्वकपमा पनि उनको प्रदर्शन उच्च नै रह्यो। अन्तिम १६ भन्दा माथि आफ्नो टिम जान नसके पनि गाभीले  खेलेका अधिकांश खेलमा  राम्रो प्रदर्शन गरे। उनलाई स्पेनको भविष्यको रुपमा पनि हेरिएको छ।  

अरल्यिन टुचामेनी (फ्रान्स)
पउल पोग्वा र एन्गोलो कोन्टेको अनुपस्थितिमा फ्रान्सको मिडिफिल्ड लाइन सम्हालेका खेलाडी हुन् टुचामेनी। स्पेनिस क्लब रियल मड्रिडमा लुका मोड्रिच, क्यासिमेरो र टोनि क्रुस जस्ता हस्ति खेलाडीसँगै खेलेका टुचामेनी फ्रान्सलाई विश्वकप फाइनलमा पुर्याउन विशेष भूमिका रह्यो। डिफेन्सिफ मिडफिल्ड सम्हाल्ने टुचामेनी विपक्षीको डिफेन्सिफ लाइनविरुद्ध  हावी हुने खेलाडी हुन्। रियल मड्रिडका लिजेन्ड प्रशिक्षक कार्लोस एन्सोलोट्टीले टुचामेनीले मोड्रिचकै स्तरमा पुग्न सक्ने खेलाडी रहेको बताउँछन्। क्वाटरफाइनलमा उनले बलियो टोली इङ्गल्यान्ड विरुद्ध उत्कृष्ट  गोल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गराएका थिए।

जोस्को भार्डीओल (क्रोएसिया)
यसपटकको विश्वकपमा क्रोएसियन युवा डिफेन्डर भार्डिओल डिफेन्डिङ लाइनमा सबैभन्दा बढी छाएका खेलाडी हुन्। अनुहारमा मास्क लगाएर मैदान प्रतिद्वन्द्वीका अट्याकिङमाथि हावी भएका उनलाई युरोपका ठूला क्लबले चासोका साथ  हेरिसकेका छन्। क्रोएसियालाई लगातार दोस्रो पटक सेमिफाइनल पुर्याउन उनको धेरै ठूलो भूमिका  रहेको छ। उनको प्रदर्शनलाई धेरै देशका प्रशिक्षक तथा पूर्व खेलाडीले पनि उनको उच्च प्रशंसा गरे। उनी जर्मन क्लब आर बी लेइपिजमा आबद्ध छन्।

प्रकाशित: Dec 22, 2022| 15:56 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।