बिहीबार, साउन ८, २०८२

चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्दै हल सञ्चालक

चलचित्र विकास बोर्ड निष्पक्ष हुन नसकेको निष्कर्ष निकाल्दै नेपाल चलचित्र संघ आन्दोलनमा उत्रिने भएको छ। साथै संघले मुलुकका ४० सिंगल स्क्रिन फिल्म हल बन्द हुने अवस्थामा रहेको जनाएको छ।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

काठमाडौं– चलचित्र विकास बोर्ड निष्पक्ष हुन नसकेको निष्कर्ष निकाल्दै नेपाल चलचित्र संघ आन्दोलनमा उत्रिने भएको छ।  साथै संघले मुलुकका ४० सिंगल स्क्रिन फिल्म हल बन्द हुने अवस्थामा रहेको जनाएको छ। 

संघको भेलाले महासचिव नरेन्द्र महर्जनको नेतृत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरेको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै चार चरणमा चलचित्र विकास बोर्डको विरुद्ध संघर्ष गर्ने छ। 

पुस १२ गते सञ्चार तथा प्रविधि मन्त्रालयमा ज्ञापन बुझाउने, १५ देखि १७ गतेसम्म फिल्म हलमा कालोपट्टी बाँधेर काम गर्ने, दुई घण्टा चलचित्र विकास बोर्डमा धर्ना दिने कार्यक्रम छ।

बुधबारको भेलाले संघ चरणबद्ध आन्दोलनमा उत्रिने सर्वसम्मत निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। चलचित्र संघका सदस्यलाई व्यवसायबाटै विस्थापित गर्ने खालका क्रियाकलाप गरेको संघको दाबी  छ।

संघले बोर्डसँग वार्ता नगर्ने निर्णय गर्दै अब सिधा मन्त्रालयस्तरमै वार्ता गर्ने निर्णय पनि गरेको महासचिव महर्जनले जानकारी दिए। कतिपय हल पुनर्निर्माण र स्तरोन्नति गर्ने तयारीमा रहेको भए पनि एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने तथा राति १० बजेपछि फिल्म देखाउन नपाइनेजस्ता नियमले सिंगल स्क्रिन संकटमा परेको हल सञ्चालक नरेन्द्र महर्जनले बताए। 

मंसिरमा रिलिज भएका केही नेपाली फिल्मलाई हलमा एक दिन टिक्नै मुस्किल परेको र अवतारजस्ता ठूला फिल्म देखाउन थ्रीडी, डल्बी एटमसजस्ता प्रविधि जडान गर्नुपर्ने भएकाले तत्काल सम्भव नरहेको उनले बताए।

प्रकाशित: Dec 22, 2022| 12:48 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।