शुक्रबार, जेठ १९, २०८०

यौन अपराध लुकाउन ‘बोक्सी’को आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

Everest Bank
National life insurance
Metro Mart
काठमाडौं- पत्रकार तथा लेखक रामकुमार एलनद्वारा लिखित नाटक ‘बोक्सी उद्योग’ शुक्रबारदेखि कुञ्ज थियटर थापागाउँमा प्रदर्शन हुँदैछ । 

बोक्सीका नाममा यातना, ताडना भोग्नेहरुको भित्री कथा बोकेको नाटक १५ दिनसम्म प्रदर्शन हुनेछ । नाटकले समाजका ठूलावडाले आफ्नो बदमासी बचाउन अबलाहरुलाई बोक्सीको आरोप लगाएर समाजमा बहिष्कृत जिन्दगी बिताउन बाध्य पार्नेहरुको चरित्र उदाङ्ग पार्ने लेखक एलनले जानकारी दिए । 

एलन मकवानपुरबाट काठमाडौं आएर पत्रकारितामा क्रियाशील छन् भने साहित्य लेखनमा पनि सक्रिय छन् । २०७० मा द्वन्द्वकालीन कथावस्तु समेटेर ‘स्याउली सिम्फोनी’ उपन्यास लेखेका एलनले पछिल्लो समय नाटक लेखनमा हात हालेका छन् । उनैले लेखेको नाटक शुक्रबारबाट प्रदर्शन हुन लागेको हो । 

नाटक तीन दशक रंगमञ्च र काँचका पर्दामा अभिनय र निर्देशनमा बिताएका प्रभाकर देव शर्माले निर्देशन गरेका हुन् । कुञ्ज थियटरमा साँझ ५ बजे प्रदर्शन गरिने नाटकमा लालटिन नेपालका १५ कलाकारको अभिनय छ । 

दाह्री ग्याङको सहकार्यमा प्रदर्शनमा आउन लागेको नाटकमा केसी राजा, पदम घिमिरे, दीपिका थापा, टार्जन दाहाल, नमस्ते दिवाकर घिमिरे, विकास शर्मा, प्रलाप राई, किरण रेग्मी, प्रमिसा राई, ऋषिकेश बस्याल, बालानन्द मैनाली, नितु पौडेल, अल्बिना न्यौपाने, रोयल राय, सन्जीव राईलगायतको अभिनय छ । 
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...

पुस्तकमा अटाएको बखतबहादुरको योगदान

विदेशमा चलचित्रमा फोटोग्राफी र क्यामरा प्रयोगको कला अध्ययन गर्ने प्रथम व्यक्तित्व बखतबहादुरको योगदानलाई चिरस्मरणीय बनाउन उनका छोराछोरीले ‘बखतबहादुरको शब्दचित्र स्मृति ग्रन्थ’ (२०७९) नै प्रकाशन गरिदिएका...