भक्तपुर- अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक-९ हवनव अगाडि बसले मोटरसाइकलाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।
भक्तपुरबाट बनेपा जाँदै गरेको बा ९ ख ९४५४ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा ८० प ६९५९ नं को मोटरसाइकललाई बिहीबार राती ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारीको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए ।
घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो । प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रनाउ शर्माले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४