शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : महाअभियोगको तयारीदेखि चालकको हड्तालसम्म

आजका अखबार : महाअभियोगको तयारीदेखि चालकको हड्तालसम्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक अखबारहरुले न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने तयारी गरेको विषयलाई मुख्य समाचार बनाएका छन् । 

न्यायाधीश जोशीलाई महाअभियोगको तयारी शीर्षकमा आजको नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ भने अन्नपूर्ण पोस्ट्ले पनि जोशीविरुद्ध महाअभियोग तयारी शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको छ । 

सरकारको आग्रहविपरीत जोशी नियमित काममा फर्किएपछि सत्तारुढ दल नेकपाले महाअभियोग लगाउने तयारी गरेको हो । उनीहरुले प्रधानन्यायाधीशमा अयोग्य भएको ब्यक्ति न्यायाधीशमा कसरी योग्य हुनसक्छ ? भनेर प्रश्न उठाएका छन् । नेकापाका सयभन्दा बढि सांसद्को हस्ताक्षर संकलन भएको आजका पत्रपत्रिकाले लेखेका छन् । 

आजका केहि पत्रपत्रिकाले भने पेट्रोलियम ढुवानीमा चालकले गरेको अवरोधका कारण इन्धनको हाहाकार भएको, सवारी चालकको आन्दोलनका कारण दशैँको मुखमा उपभोक्ताहरु सास्ती खेप्न बाध्य भएको समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन् । 

आजको नागरिक दैनिकले पेट्रोलियम ढुवानीमा चालकको अवरोध शीर्षकमा मुख्य समाचार छापेको छ भने अन्नपूर्णले चालकको घेराबन्दीमा उपभोक्ता शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले भने दशैँको टिकट बुकिङ फेरि अन्योलमा परेको खबर पहिलो पृष्ठमा महत्वका साथ छापेको छ ।  

किर्ते गरी कम्पनी बिक्रि शीर्षकमा मुख्य समाचार छापेको आजको कान्तिपुर दैनिकले भने किर्तेको कथा लेखेको छ । किर्ते प्रकरणमा कम्पनी रजिस्टार कार्यालयका ६ कर्मचारी पक्राउ परेका छन् भने २ बरिष्ठ अधिकृत फरार रहेको समाचारमा जनाइएको छ । 

आजको कारोबार दैनिकले भने अग्रिम बुकिङ आज नखुल्ने शीर्षकमा मुख्य समाचार छापेको छ भने दु्रतमार्गको लागत १ खर्ब ३५ शीर्षकमा विशेष खबर लेखको छ ।

यसैगरि आजका पत्रपत्रिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरे नियुक्त भएको खबरलाई पनि महत्वका साथ छापेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।