शुक्रबार, वैशाख २५, २०८३

१० वर्षीया छोरी बलात्कारको आरोपमा बुवा पक्राउ

मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन्।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

National life

धनगढी- कञ्चनपुरमा १० वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन्। मंगलबार राति नाबालिक छोरी बलात्कार आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुवा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनले आफ्नै नाबालिका छोरीमाथि बलात्कार गरेको आरोपमा अनुसन्धान भइरहेको छ। घरपरिवारबाटै बलात्कारको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

्मंगलबार राति नै बालिकाको स्वास्थ्य चेकजाँच गरिएको उनले बताए। बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन्।


प्रकाशित: Dec 21, 2022| 20:46 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।