धनगढी/ कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत बालिकाको बलात्कार भएको छ । कृष्णपुर नगरपालिका–१ की ६ बर्षिया बालिका बिहीबार विद्यालयमै बलात्कार भएकी हुन् ।
कक्षा कोठामै बलात्कार भएको पीडित बालिकाको घर परिवारले जनाएको छ । बालिकाकी आमाले छोरी दिउँसो १ बजेतिर विद्यालयबाट घर आएको बताइन् । 'छोरी घर पुगेपछि भात खाइन्, एक्कासी पल्टिइन्, आमाले भनिन्, ‘मैले छोरीलाई होमवर्क गर भने। तर छोरी पिरो भयो भन्दै रुन थालिन्।’
कता पिरो भयो, किन भयो, भनेर सोध्दा छोरीले तल्लो पेटमा पीर भएको बतारहेकी थिईन । छोरीका कपडा खोलेर हेर्दा योनीबाट रगत बगेको देखेपछि छोरीलाई के भएको भनेर सोधे । छोरीले सुभास भन्ने केटाका दाईले जबरजस्ती गरेको बताइन् ।
‘छोरीलाई विद्यालय समयमै कक्षा कोठाभित्रै बलात्कार गरेको रहेछ, ‘आमाले भनिन्, ‘तत्काल प्रहरीलाई खबर गरे ।’ बालिकाले घर परिवार र प्रहरीलाई दिएको बयान अनुसार प्रहरीले बिहीबारै घटनामा संलग्न सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत १० बर्षिय अमर सिह रानालाई पक्राउ गरेको छ ।
विद्यालयका प्रद्यानाध्यापक दिपेन्द्र चौधरीले विद्यालयमा घटना घटेको वा नघटेको बारेमा आफुलाई थाहा नभएको बताए । प्रअ चौधरीले दिउँसो ३ बजेतिर प्रहरीले फोन गरेपछि मात्रै थाहा भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४