शुक्रबार, वैशाख ७, २०८१

यस्ता छन् जनकपुर रोयल्सले अनुबन्ध गरेका विदेशी खेलाडी

जनकपुरले मार्की खेलाडी सोमपाललाई छाडेर विदेशी खेलाडी ट्रेभोन ग्रिफिथलाई कप्तानीको जिम्मेवारी दिएको छ। बाँकी विदेशी खेलाडीमा वेस्ट इन्डिजका चाडविक वाल्टन, केस्रिक वसलियन्स, श्रीलंकाका असान प्रिएनजन र अफगानिस्तानका सरफुद्दिन असरफका साथै समउल्लाह सेनवारी रहेका छन्।
 |  बुधबार, पुस ६, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, पुस ६, २०७९

काठमाडौं- आइतबार नेपाल टी–२० लिग क्लब जनकपुर रोयल्सले आफ्नो स्क्वाड सार्वजनिक गरेको छ। उसले सार्वजनिक गरेको स्क्वाडमा श्रीलंका, अफगानिस्तान र वेस्ट इन्डिजका ६ विदेशी खेलाडी रहेका छन्।

triton college

जनकपुरले मार्की खेलाडी सोमपाललाई छाडेर विदेशी खेलाडी ट्रेभोन ग्रिफिथलाई कप्तानीको जिम्मेवारी दिएको छ। उसका बाँकी विदेशी खेलाडीमा वेस्ट इन्डिजका चाडविक वाल्टन, केस्रिक वसलियन्स, श्रीलंकाका असान प्रिएनजन र अफगानिस्तानका सरफुद्दिन असरफका साथै समउल्लाह सेनवारी रहेका छन्।

यस्ता छन् रोयल्सले अनुबन्ध गरेका खेलाडी

ट्रेभोन ग्रिफिथ (कप्तान), गुयना

बायाँ हाते ओपनिङ ब्याट्समेन ट्रेभोन ग्रिफिथ रोयल्सका कप्तान हुन्। उनी गुयनाबाट खेल्दै आएका छन्। गुयनाले अन्तर्राष्ट्रिय खेल नखेले पनि दक्षिण अमेरिकी एट्लान्टिक क्षेत्रको प्रतियोगिता खेल्दै आएको छ। उनी टिमका मध्यम प्रोफाइलका खेलाडी हुन्।

corrent noodles
Metro Mart

उनले अहिलेसम्म फस्ट क्लास, लिस्ट ए क्रिकेट र टी २० क्रिकेट खेलेका छन्। फस्ट क्लास क्रिकेटका २१ खेलमा उनले ३९ पटक ब्याटिङ गरिसकेका छन्, जहाँ १७ रनको औसतमा ६४८ रन बनाएका छन्। उनले लिस्ट ‘ए’मा ७१० र टी २० मा २८९ रन बनाएका छन्।


उनले सन् २०१६ बाट जमैका तहल्लावाजबाट अहिलेसम्म क्यारेबियन प्रिमियर लिग खेलिरहेका छन्। त्यसअघि उनले दुई सिजन गुयना अमेजनबाट पनि खेलेका थिए।

उनी अघिल्लो वर्ष माइनर लिग क्रिकेटका लागि टनोट भएका थिए। अमेरियाको यो क्रिकेट प्रतियोगिता सुरु भएको छैन। उनले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्।

समउल्लाह शिनवारी, अफगानिस्तान

जनकपुरका छैटौं विदेशी खेलाडी हुन्, समउल्लाह सेनवारी। ३४ वर्षीय सेनवरी दायाँहाते मिडिल अर्डर ब्याटिङ अलराउन्डर हुन्। उनले अफगानिस्तानको टिमबाट क्रिकेट खेलिसकेका छन्।

उनी पार्टटाइम लेगब्रेक बलर पनि हुन्। अफगानिस्तान विश्व क्रिकेट लिग डिभिजन पाँचबाट अघि बढ्दै जाँदाका खेलाडी हुन्। अफगानिस्तानले सन् २००९ मा विश्वकप छनोट खेल्दा उनी टिममा थिए, जहाँ उसले एकदिवसीय मान्यता पाएको थियो।

उनले एसिया कपमा १६४ रनको साझेदारी गरेका छन्। अफगानिस्तानकै घरेलु लिग खेल्दै आएका उनी ३५ वर्ष पुग्न ९ दिन मात्र बाँकी छ। उनले अहिलेसम्म ८४ एकदिवसीइ खेलिसकेका छन्, जहाँ उनले ९६ उच्च स्कोरका साथ १८११ रन बनाएका छन्।

त्यस्तै, टी २० आईका ६५ खेलमा उनले एक हजार १३ रन बनाइसकेका छन्। सेनवारीले १३७ टी २० खेलेका छन्।

उनको बलिङ पनि उत्कृष्ट छ। एकदिवसीयमा ४६ विकेट लिएका सेनवारीले टी२० आईमा २८ विकेट गिराइसकेका छन्। अन्तराष्ट्रिय रेकर्ड हेर्ने हो भने उनी जनकपुर रोयल्सका सबैभन्दा हाई प्रोफाइल खेलाडी हुन्।

चाडविक वाल्टन, वेस्ट इन्डिज

वेस्ट इन्डिजबाट अन्तर्राष्ट्रिय खलेका उनी जमैकन खेलाडी हुन्। टप अर्डर ब्याट्समेन वाल्टनले जमैकाको सिनियर टिमबाट, जमैका तहल्लावाज र गुयना अमेजनबाट सिपिएल, खुल्ना टाइटन्स र चात्तोग्राम च्यालेन्जबाट बंगलादेशको लिग, स्लामावाद युनाइटेड  कराँची किंग्सबाट पिएसएल खेलिसकेका छन्।

उनी यो टिमका सबैभन्दा उच्च प्रोफाइलका खेलाडी हुन्। उनी ३७ वर्षका भइसकेका छन्। दायाँ हाते ब्याट्सेमन तथा विकेटकिपरले अहिलेसम्म दुई टेस्ट, ९ एकदिवसीय र १९ टी २० आई खेलिसकेका छन्।

त्यसबाहेक उनले १८१ टी–२० खेलेका छन्। उनले टी २० आईमा अर्धसतक र सतक बनाउन सकेका छैनन्। उनले पछिल्लो समय नोभेम्बरमा लिस्ट एका खेल खेलेका थिए।

अशान प्रिएन्जन, श्रीलंका

३३ वर्षीय श्रीलंकन अन्तर्राष्ट्रिय खेलाडीले कोलम्बोको फस्ट क्लास क्रिकेट क्लब, रुहुना(प्रदेशको टिम), अफगानी फस्ट क्लास क्रिकेट टिम र कोलम्बो स्टार्सबाट खेलिसकेका छन्।

उनले काठमाडौं किंग्स ११ बाट पनि यसअघि नेपालमा क्रिकेट खेलिसकेका छन्। उनले सन् २०२१ मा नेपालमा खेले पनि काठमाडौंको खेल मौसम प्रतिकूल भएका कारण धेरै खेल्न पाएनन्।

उनी श्रीलंकाका लागि मिडिल अर्डरमा ब्याटिङमा खेल्न रुचाउँछन्। उनी अर्धव्यावसायिक दायाँहाते अफ आर्म बलर पनि हुन्। उनले यू १९ क्रिकेट विश्वकपमा श्रीलंकाको कप्तानी पनि गरिसकेका छन्। रोयल्समा उनी एक उच्च प्रोफाइलका खेलाडी हुन्।

उनले श्रीलंकाको टिमलाई साफ गेम्समा पनि लिड गरिसकेका छन्। उनले तीन टी२० अन्तर्राष्ट्रिय, ११८ टी २० खेलेका छन् भने २३ एकदिवसीय खेलेका छन्। उनले अहिलेसम्म १९०७ टी २० रन बनाएका उनले एक शतक र सात अर्धशतक प्रहार गरिसकेका छन्।

एकदिवसीयमा उनले पाँच विकेट लिएका छन्।

केस्रिक विलियम्स, वेस्ट इन्डिज

सेन्ट भिनसेन्टका ३२ वर्षीय क्रिकेटर(बलर) वेस्ट इन्डिजका अन्तर्राष्ट्रिय खेलाडी हुन्। उनले यसअघि वेस्ट इन्डिजको क्रिकेट लिग, क्यारेबियन प्रिमियर लिग(सिपिएल), बंगलादेश प्रिमियर लिग खेलिसकेका छन्।

यसअघि पोखरा राइनोजबाट खेल्नका लागि उनी नेपाल आएका थिए। उनले त्यहाबाट एभरेस्ट प्रिमियर लिग खेलेका थिए। उनले अहिलेसम्म आठ एकदिवसीय, २६ टी २० आई खेलेका छन् भने ११६ २० ओभरको क्रिकेट खेलेका छन्।

टी२० आईमा उनले ४१ विकेट लिएका छन् भने एकदिवसीयमा ९ विकेट गिराएका छन्। टी२० मा भने उनले ११२ इनिङमा १४६ विकेट गिराएको ईएसपिएन क्रिकइन्फोमा उल्लेख छ। उनको ब्याटिङ भने सम्मझनलायक छैन।

सरफुद्दिन असरफ, अफगानिस्तान

सरफुद्दिन २७ वर्षीय अफगानी बायाँहाते बलर हुन्। सन् २०१४ देखि अहिलेसम्म उनले अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिमबाट खेलिरहेका छन्। उनले पहिलो संस्करणको अफगान प्रिमियर लिगमा उत्कृष्ट श्रेणीमा छनोट भएका थिए।

उनी आयरल्यान्डविरुद्धको टेस्ट खेल्ने राष्ट्रिय टिममा समेत परे पनि खेलको अवसर पाएनन्। उनी धेरैजसो टिममा परे पनि अफगानिस्तानको प्लेइङ सेटमा परिरहेका छैनन्। अहिलेसम्म उनले १९ एकदिवसीय, १३ टी २० आई खेलेका छन्। जहाँ १३ एकदिवसीय र सात टी २० विकेट लिएका छन्।

उनको ब्याटिङ कमजोर छ तर टी–२० का ४८ खेलमा ४३ विकेट गिराइसकेका छन्।

यो टिमका नेपाली खेलाडीमा सन्दीप जोरा, आदिल आलम, दिलीप नाथ, ललित राजवंशी, सुुशन भारी, सुगर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश मुलामी, खड्ग बोहरा छन्।


प्रकाशित: Dec 21, 2022| 17:09 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।