मंगलबार, साउन ६, २०८२

आलुमा उत्पादनमा आत्मनिर्भर बन्दै नवलपरासी

जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो।
 |  बुधबार, पुस ६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

vianetvianet

मध्यबिन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व) आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो। जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताए।

‘गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ’, उनले भने, ‘गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो।’  जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्यांकमा उल्लेख छ। ‘आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ’, प्रमुख लामिछानेले भने , ‘यो वर्ष समय अनुकूल छ, आलु उत्पादन राम्रो हुने अनुमान छ।’

मध्यबिन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ। सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए। 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, कावासोती नगरपालिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकामा व्यावसायिकरुपमा आलु खेती गर्ने गरिएको छ। 

किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ। उक्त केन्द्रले कृषि समूहमा आलु खेती प्रवद्र्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको थियो। 

प्रकाशित: Dec 21, 2022| 21:30 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।