वीरगंज, असोज ४: नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले तीन दिनदेखि आव्हान गरेको यातायात बन्द स्थगित गरेको छ।
जिल्ला प्रशासन कार्यलय पर्सामा बिहीबार साँझ यातायात व्यवसायी, ढुवानी व्यवसायी, चालक संघर्ष समिती र स्थानिय प्रशासनबीच भएको सहमतीपछि यातायात संचालनमा आएको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले बताए।
संघर्ष समिती र स्थानीय प्रशासनबीच इन्धन आपुर्ति र सार्वजनिक यातायातको सेवा प्रभावित हुँदा जनजीवन प्रभावित बनेको र यातायात
मजदुरको रोजीरोटीसमेत खोसिएकोले हाललाई स्थगन गरेका हुन्।
चालकलाई आजीवन सजाय सम्बन्धी कानून संशोधनको माग यथावत राख्दै हाललाई सवारी साधन संचालन गर्ने सहमती भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
यातायात सुचारु गर्ने निर्णय भएसंगै वीरगंज नाकामा थन्किएका झण्डै ३ सय ग्याँस बुलेट र ८ सय भन्दा बढी पेट्रोलियम पदार्थ बोकेको ट्यांकरहरु राजधानी लगायत गन्तव्यको लागी हिंडेका छन् । रात्रि बस समेत संचालनमा आएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४