बिहीबार, चैत १९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • धादिङमा बस र माइक्रोबस ठोक्किदा एकको मृत्यु, १७ घाइते

धादिङमा बस र माइक्रोबस ठोक्किदा एकको मृत्यु, १७ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, बिहानी पम्पनजिकै दुई सवारीसाधन आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, बिहानी पम्पनजिकै दुई सवारीसाधन आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।

National life

मंगलबार भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २६४४ नम्बरको बस र काठमाडौंबाट लमजुङको बेँसीसहरतर्फ जाँदै गरेको बा२ख ४७६२ नम्बरको माइक्रोबस ठोक्किएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

दुर्घटनामा माइक्रोमा सवार लमजुङको दोर्दी गाउँपालिका–९, धरैनीटोल स्याउलाकी विमला सुनारको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरूको काठमाडौंस्थित ट्रमा सेन्टर, मेडिसिटी र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको खत्रीले बताए।

प्रकाशित: Dec 21, 2022| 10:28 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।