रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट ज्यान गएको छ।
उनको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो। तिवारीले रुपन्देहीका थुप्रै स्थानमा घरभित्र पसेका सर्पलाई जीवितै उद्धार गर्दै आएका थिए।
सर्प देख्नासाथ गाउँलेहरू तिवारीलाई फोन गरेर बोलाउने गर्थे। उनले उद्धार गरिएको सर्पलाई जंगलमा लगेर छोड्ने गरेका थिए।
घर सोमबार साँझ घर नजिकै रहेको अवस्थामा तिवारीलाई सर्पले हातमा टोकेको थियो। उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएका तिवारीको मंगलबार राति मृत्यु भएको स्थानीय विष्णु भट्टराईले जानकारी दिए।