शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा सर्प उद्धारकर्ताको सर्पकै टोकाइबाट निधन

रुपन्देहीमा सर्प उद्धारकर्ताको सर्पकै टोकाइबाट निधन

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट ज्यान गएको छ।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ योगिकुटी तपाहा लाइनका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट ज्यान गएको छ। 

National life

उनको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो। तिवारीले रुपन्देहीका थुप्रै स्थानमा घरभित्र पसेका सर्पलाई जीवितै उद्धार गर्दै आएका थिए। 

सर्प देख्नासाथ गाउँलेहरू तिवारीलाई फोन गरेर बोलाउने गर्थे। उनले उद्धार गरिएको सर्पलाई जंगलमा लगेर छोड्ने गरेका थिए।

घर सोमबार साँझ घर नजिकै रहेको अवस्थामा तिवारीलाई सर्पले हातमा टोकेको थियो। उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएका तिवारीको मंगलबार राति मृत्यु भएको स्थानीय विष्णु भट्टराईले जानकारी दिए।

प्रकाशित: Dec 21, 2022| 10:40 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।