शुक्रबार, वैशाख २५, २०८३

बसको ठक्‍करबाट मकवानपुरमा एक महिलाको मृत्यु

मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट महिलाको मृत्यु भएको छ।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

मकवानपुर- मकवानपुरको मनहरीमा बसको ठक्‍करबाट महिलाको मृत्यु भएको छ। हेटौंडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मनहरी गाउँपालिका-९ खरङ्गामा बुधबार बिहान यात्रु बहाक बसको ठक्‍करबाट ४५ वर्षीय महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

National life

मृत्यु हुनेमा भोजपुर नगरपालिका वडा नम्बर ७ कोदार बस्ने सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। 

बिहान ४ बजेको समयमा झापाको काँकडाभित्ताबाट स्याङजातर्फ जाँदै गरेको ना५ख ६१०३ नम्बरको रात्रि बस चिया खान रोकिएको अवस्थामा उक्त बसमा सवार मिजारलाई बाटो क्रस गर्ने क्रममा नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु२ख ४६०७ नम्बरको बसले ठक्‍कर दिएको थियो। 

बसको ठक्‍करबाट गम्भीर घाइते भएकी मिजारको उपचारको क्रममा आज बिहान ७:२० बजेको समयमा  हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक घिमिरेले बताए। मृतक मिजारको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ। प्रहरीले ठक्‍कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 21, 2022| 10:02 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।