रूपन्देही- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका-५ वर्गदवा बस्ने जेसी भन्ने जीवन चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
उच्च अदालत बुटवल तुलसीपुर दाङको २०७३ भाद्र ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
२०७२ वैशाख २० गते राति चौधरीले घरमा कोही नभएको अवस्थामा पीडित महिलालाई धाक धम्की दिई जवरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।