शुक्रबार, वैशाख २५, २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका-५ वर्गदवा बस्ने जेसी भन्ने जीवन चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

रूपन्देही- जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कञ्चन गाउँपालिका-५ वर्गदवा बस्ने जेसी भन्ने जीवन चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। 

National life

उच्च अदालत बुटवल तुलसीपुर दाङको २०७३ भाद्र ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

२०७२ वैशाख २० गते राति चौधरीले घरमा कोही नभएको अवस्थामा पीडित महिलालाई धाक धम्की दिई जवरजस्ती करणी गरेको घटनामा अदालतले उक्त फैसला गरेको थियो। 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। 

प्रकाशित: Dec 21, 2022| 07:03 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।