शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज काठमाडौंको न्युनतम तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियस

आज काठमाडौंको न्युनतम तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियस

तराईका अधिकांश भूभागमा बाक्लो कुहिरो र हुस्सु लाग्ने र पहाडी भूभागसहित देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं- तराईका अधिकांश भूभागमा बाक्लो कुहिरो र हुस्सु लाग्ने र पहाडी भूभागसहित देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ। 

National life

भारतको जम्मु कश्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेकाले सामान्य बदली कायम रहने विभागको भनाइ छ। आज बुधबार प्रदेश १ मा आंशिक बदली रहने र बाँकी ठाउँमा मौसम सफा रहने विभागले जनाएको छ। 

त्यस्तै, भोलि बिहीबार प्रदेश १, गण्डकी प्रदेशमा आंशिक बदली रहने छ। सोहीअनुसार पुस ८ गते शुक्रबार पनि प्रदेश १ मा आंशिक बदली रहने र बाँकी ठाउँको मौसम सामान्य रहने छ। हिमाली क्षेत्रमा हल्का हिमपात हुने विभागको भनाइ छ।

विभागका अनुसार काठमाडौंको न्युनतम तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियसमा झरेको छ। त्यस्तै, जुम्लाको माइनस ५ दशमलब ४ र जोमसोमको तापक्रम माइनस ५ दशमलब ५ मा झरेको छ। सबैभन्दा बढी धरानको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस रहेको छ।

प्रकाशित: Dec 21, 2022| 06:39 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।