शुक्रबार, वैशाख २५, २०८३

नापी अधिकृतसहित १४ जनाविरुद्ध आरोपपत्र दायर

जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएकाले सजाएको माग दाबी गर्दै आज आरोपपत्र दायर गरेको हो।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

रुपन्देही- नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार कसुरमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ।

National life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएकाले सजाएको माग दाबी गर्दै आज आरोपपत्र दायर गरेको हो।  

रुपन्देहीको साविक दूधराक्ष गाविस ७ (क) र वडा २ (क) को जग्गा नापी कार्यालयका कर्मचारी तथा जग्गाधनीसमेत सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमतो रहेको पाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

आयोगले भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मूल्याङ्कनअनुसार घुसाएको जग्गाको १० लाख ६५ हजार दुई सय पाँच बराबरको सरकारी सार्वजनिक जग्गासहित फाइल नक्सा तयार गर्ने नापी कार्यालयका कर्मचारी र जग्गा खरिद खरिद बिक्री गर्ने व्यक्तिलाई सजायको माग दाबी गरेको छ।

प्रकाशित: Dec 20, 2022| 22:03 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।