पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिकाको वडा नं. ४ मा लु१ख९१३४ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ३० वर्षीय नरबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए।
पाल्पाको तानसेनबाट हार्थोक तर्फ जाँदै गरेको उक्त ट्रकले लु६८प २०५ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो। मोटरसाइकलले ओभरट्याक गर्न खोज्दा ट्रकले ठक्कर दिँदा गाहाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाईकल चालक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।