शुक्रबार, साउन १, २०८३

को हुन् सुनसरीमा हत्या गरिएका खुर्सिद अन्सारी?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- बिहीबार बिहान ११ बज्दा नबज्दै सुनसरीको हरिनगरा गाउँपालिका-२ का खुर्सिद अन्सारीलार्इ गोली हानी हत्या गरियो। नम्बर नभएको भारतीय गाडीमा आएको समूहले गरेको हत्याको कारण र रहस्य प्रहरीले पत्ता लाउन सकेको छैन। तर, प्रश्नहरू अन्सारीका बारेमा यत्रतत्र छन्। सामाजिक, राजनीतिकदेखि धार्मिक गतिविधिमा सक्रिय ५८ वर्षे अन्सारीका पाँच परिचय यस्ता छन् : 

१. हाजी र मौलाना

अन्सारी दुर्इ वर्षअघि मात्रै मक्का र मदिनाजस्ता मुस्लिम आस्थाका धामहरू घुमेर आएका थिए। उनी मुस्लिमहरूमा धर्मगुरुको अर्थ लाग्ने मौलाना पनि हुन्। मौलाना भन्नाले इस्लाम धर्मका प्राज्ञिक व्यक्तित्व भन्ने बुझिन्छ । भुटाहा क्षेत्रका ४० भन्दा बढी मस्जिदमा राम्रो पकड भएका अन्सारी धार्मिक र प्रष्ट वक्ता भएको उनका भतिजा नुसद अन्सारी बताउँछन्। 

२. पूर्वएमालेका जिल्ला सल्लाहकार
 
चार छोरी र तीन छोराका पिता अन्सारी नेकपाका नेता थिए। उनी पूर्वएमालेको सुनसरी जिल्ला परिषद् सल्लाहकार पनि थिए। अन्सारीले भुटाहा क्षेत्रको वामपन्थी मतको राम्रो पकेट क्षेत्र बनाएको नेकपा सुनसरीका नेताहरू बताउँछन्। 

आफ्ना नेताको हत्या भएकोमा भुटाहाको शान्ति सुरक्षा, मृतकका परिवारलार्इ क्षतिपूर्ति र सत्यतत्य छानविन गर्न आयोग गठनको माग गर्दै नेकपा सुनसरीको विज्ञप्ती पनि निकालेको छ। 

३. निजी स्कुल सञ्चालक

भुटाहाको बजार क्षेत्रमा अन्सारीको आफ्नै जग्गा र आफ्नै एकल स्वामित्वमा पाँच कक्षासम्मको विद्यालय छ। आफैंमा धार्मिक गुरु भए पनि अन्सारी निजी क्षेत्रको शिक्षा र अंग्रेजी शिक्षाको राम्रो पक्षपाति पनि थिए। रैय्यान नेसनल स्कुल उनले विगत १२ वर्षदेखि चलाउँदै आएका थिए। 

गोली लाग्नुअघि पनि अन्सारी स्कुलको अभिभावक बैठक सकेर बाहिर निस्केका मात्र थिए। बाहिर निस्केर गाडीमा बस्न नपाउँदै भारत विहारको नम्बरप्लेट अंकित मोटरसाइकल पछाडि बसेका बन्धुकधारीले गोली हाने। 

४. परोपकारी मुस्लिम गैरसरकारी संस्थाका सञ्चालक

पश्चिममा भारतीय सिमाना बसमतियाबाट पाँच किलोमिटर र  उत्तरमा भारतीय सिमाना घुर्नीबाट १० किलोमिटरको दूरीमा छ, भुटाहा बजार। सोही बजार क्षेत्रका चिनिएका गैरसरकारी संस्थाका सञ्चालक थिए, अन्सारी। 

उनले गरिब, विपन्न र असहाय मुस्लिमहरूलार्इ धारा, घर र अन्य अत्यावश्यक सहयोगह गर्ने गर्थे। उनको दवा इन इस्लाम नामक गैरसरकारी संस्था थियो। यो संस्था ०६१ सालदेखि निरन्तर सञ्चालनमा थियो। खासगरी, खाडीका मुस्लिम देशहरूको सहयोगमा आफ्नो संस्थाबाट अन्सारीले सहायता वितरण गर्ने गरेको उनी निकटस्थहरू बताउँछन्। 

५. व्यवस्थित नेपाल-भारत सीमाका पक्षधर

अन्सारी भारतीय सीमा नजिकै बसेर नेपाल-भारतको संवेदनशील सीमाप्रति सजग थिए। उनले पूर्वएमालेका विभिन्न जिल्ला नेताहरूसँग सीमामा वारपार गर्नेको प्रस्ट विवरण राख्ने, सीसी क्यामेरा र तारजाली गर्नुपर्ने कुरा गर्ने गरेको नेकपा सुनसरीका एक नेता बताउँछन्। 

खासगरी, भारतमा हुने विभिन्न घटनामा मुस्लिम जोडिएमा भुटाहा क्षेत्रमा भारतीय पक्षले मुस्लिम अगुवालार्इ त्रासमा राख्ने कुराको अन्सारी खरो विरोधी भएको एमालेका समानुपातिक सांसदसमेत भएका सुनसरीका नेता पर्शुराम यादव बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।