काठमाडौं- सिरहाको गोलबजार नगरपालिका- १ गोला मुक्सार चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। ८ किलो ८ सय ग्राम अवैध गाँजासहित मंगलबार दिउँसो उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा सिरहा गोलबजार नगरपालिका-१ का ३९ वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथका १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ।
अटो रिक्साको पछाडि भागमा लुकाई राखेको उक्त गाँजासहित फेला पारी अटो चालक किशोर र अटोमा सवार सुदिपलाई पक्राउ गरेको प्रहरीले बताएको छ। यसबारे थप अनुसन्धान गरिरहेको जनाएको प्रहरीले पनि प्रहरीले जनाएको छ।