शुक्रबार, वैशाख २५, २०८३

सिरहाबाट अवैध गाँजासहित दुई जना पक्राउ

८ किलो ८ सय ग्राम अवैध गाँजासहित मंगलबार दिउँसो उनीहरू पक्राउ परेका हुन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं- सिरहाको गोलबजार नगरपालिका- १ गोला मुक्सार चोकबाट अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। ८ किलो ८ सय ग्राम अवैध गाँजासहित मंगलबार दिउँसो उनीहरू पक्राउ परेका हुन्।

National life

पक्राउ पर्नेहरूमा सिरहा गोलबजार नगरपालिका-१ का ३९  वर्षीय सुदिप कुमार राई र धनुषा गणेशमान चारनाथका १८ वर्षीय किशोर रहेका प्रहरीले जनाएको छ।

अटो रिक्साको पछाडि भागमा लुकाई राखेको उक्त गाँजासहित फेला पारी अटो चालक किशोर र अटोमा सवार सुदिपलाई पक्राउ गरेको प्रहरीले बताएको छ। यसबारे थप अनुसन्धान गरिरहेको जनाएको प्रहरीले पनि प्रहरीले जनाएको छ।


प्रकाशित: Dec 20, 2022| 19:15 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।