सोमबार, साउन ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हिंस्रक वन्यजन्तु पहिचान गर्न चितवन राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्यापिङ

हिंस्रक वन्यजन्तु पहिचान गर्न चितवन राष्ट्रिय निकुञ्जमा क्यामेरा ट्यापिङ

निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो।
 |  मंगलबार, पुस ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

vianetvianet

चितवन- चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्रयापिङको काम सुरु गरेको छ। निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पुस २ गते भरतपुर महानगरपालिका वडा नं २८ अन्द्रौलीकी महिलालाई जंगली हात्तीले आक्रमण गरेपछि त्यस क्षेत्रमा क्यामेरा राखिएको हो।

बाघ गणनामा प्रयोग गरिएको क्यामेरा ट्रयापिङको काममा राखिएको हो। मेघौलीदेखि गोलाघाट क्षेत्रसम्म क्यामेरा ट्रयापिङको काम भइरहेको उनले जानकारी दिए।

उनका अनुसार अहिले चार वटा क्यामेरा प्रयोग गरिएको छ। मेघौली उपभोक्ता समितिको क्षेत्रभित्र पर्ने सो स्थानमा ध्रुवे हात्ती र एउटा बाघ रहेको सूचनाका आधारमा क्यामेरा ट्रयापिङको काम सुरु गरिएको हो।

बाघ घाइते अवस्थामा रहेको भन्ने सूचना र हात्तीसमेत सोही क्षेत्रमा रहेकाले तीनको अवस्था पहिचान गरी व्यवस्थापनका लागि काम भइरहेको उनले बताए। क्यामेराले ती वन्यजन्तु आवतजावत गरेको तस्बिर खिचेसँगै त्यसलाई हेरेर व्यवस्थापनको काम गरिँदैछ।

‘अवस्था पहिचान गरी कारण खोजी गर्ने र व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निकुञ्जको प्राविधिक टोली लागेको छ,’ उनले भने, ‘ध्रुवे हात्ती र घाइते बाघ सोही क्षेत्रमा हुँदा द्वन्द्व बढ्ने देखिएकाले व्यवस्थापनका काममा लागेका हौँ।’

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। विजयकुमार श्रेष्ठको नेतृत्वमा टोली परिचालन गरी काम भइरहेको निकुञ्जले जनाएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, नेपाली सेना र हात्तीसारका कर्मचारीसहित सो क्षेत्रमा तीन वटा हात्ती परिचालन गरिएको उनले बताए। आवश्यकताअनुसार प्राविधिक थपघट हुने उनको भनाइ छ।

चालु आर्थिक वर्षमा जंगली जनावरका कारण चार जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट दुई, बाघको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको तिवारीले बताए। उनका अनुसार हात्तीको आक्रमणबाट मेघौली र देवनगरमा एकरएक जनाको मृत्यु भएको हो भने बाघको आक्रमणबाट माडीमा एक जनाको मृत्यु भएको थियो। सौराहा क्षेत्रमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।

प्रकाशित: Dec 20, 2022| 19:30 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।