शुक्रबार, वैशाख २५, २०८३

सट्टेबाजी आरोपमा काठमाडौंबाट थप एक जना पक्राउ

पुस ४ मा महानगरपालिका–११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं- कतारमा सम्पन्न विश्वकप फुटवल–२०२२ मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

National life

पुस ४ मा महानगरपालिका–११ मरूटोलबाट ४३ वर्षीय प्रविन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

रसियन एप ‘वान–एक्स बेट’ मार्फत काठमाडौं–२० भीमसेनस्थान घर भएका श्रेष्ठले फुटबलमा सट्टेबाजी गराएको पाइएको प्रहरीले जनाएको छ। सट्टेबाजी गराउन श्रेष्ठले ह्वाट्स एप मार्फत कुराकानी गरेको भेटिएको छ।

श्रेष्ठले १ करोड ४ लाख भन्दा बढी कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ। विश्वकप फुटबल खेल अवधिभरमा यसअघि काठमाडौं उपत्यकाबाट प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ।


प्रकाशित: Dec 20, 2022| 18:30 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।