आइतबार, चैत १९, २०७९

फेरि बल्झियो २५ वर्ष पुरानो 'कुसुमे रुमाल' विवाद

तत्कालीन समयमा यो विवाद निर्माता संघ र सर्वोच्च अदालतसम्म पुगेको थियो। यो फिल्म नेपाली फिल्म उद्योगमा पहिलोपटक रजत जयन्ती मनाउन सफल चलचित्र बनेको थियो।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– संगीतकार रञ्जित गजमेरमाथि लेखिएको पुस्तक ‘मोहनी मादल’ सोमबार प्रज्ञा प्रतिष्ठानको डबलीमा विमोचन भएसँगै चलचित्र ‘कुमुमे रुमाल’को विवाद पुनः बल्झिएको छ। गजमेरले आफ्नो आत्मकथामा गोपीकृष्ण हलका सञ्चालक तथा निर्माता उद्धव पौडेललाई धोका दिएको आरोप लगाएका छन्। 

National life insurance

पौडेलले आफूलाई व्यावसायिक धोका दिएको कुरा उल्लेख गरेका छन् उनले। गजमेरको यो पुस्तक सार्वजनिक भएसँगै २५ वर्षअघि सल्टिएको फिल्मको विवाद पुनः सतहमा आएको हो। गजमेरले आफ्नो आत्मकथामा लेखेका छन्, ‘हामीले अत्यन्त विश्वासका साथ पौडेललाई कुसुमे रुमालको पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौं। तर नेपाल पुगेर उहाँले त्यो फिल्म आफ्नो ब्यानरमा दर्ता गर्नुभएछ। सिनेमा धुमधामले चल्यो, ठाउँठाउँमा सिल्भर जुबली र १०० दिन पनि मनायो।’ 

गजमेरले कुसुमे रुमालको कमाइबाट पौडेलले सिनेमा हल निर्माण गरेको तर मुनाफाको एक पैसा पनि आफूलाई नदिएको दाबी गरेका छन्। कुसुमे रुमाल लिएपछि पौडेल बैरी बनेको र आजसम्म बोलचाल बन्द भएको कुरा उनले पुस्तकमा लेखेका छन्।  ‘हाम्रै घरमा बसेर मेरै श्रीमतीले पकाएको खाएको मान्छेले त्यसरी धोका देला भन्ने मैले सपनमा पनि सोचेको थिइनँ।’

मोहनी मादल पुस्तकको १ सय १७ पेज यतिखेर सामाजिक सञ्जालमा पनि छाएको छ। तत्कालीन समयमा यो विवाद निर्माता संघ र सर्वोच्च अदालतसम्म पुगेको थियो। यो फिल्म नेपाली फिल्म उद्योगमा पहिलोपटक रजत जयन्ती मनाउन सफल चलचित्र बनेको थियो। तुलसी घिमिरेले निर्देशन गरेको फिल्ममा भुवन केसी, तृप्ति नाड्कर र गायक उदीतनारायण झा शीर्ष भूमिकामा छन्। 

फिल्म विवादको विषय बाहिर आएपछि उद्धव पौडेलले चलचित्र निर्माता संघदेखि अदालतसम्म पुगेर सल्टिएको विषयमा किन कलम चलाइयो भन्ने आफूलाई थाहा नभएको बताएका छन्। उनले भनेका छन्, ‘सबै संघसंस्थाले कम्प्रोमाइज गरेर सक्किसकेको विषय थियो यो।’

worldlink

तत्कालीन निर्माता संघका महासचिव अशोक शर्माले पनि दुवै पक्षलाई बोलाएर सकिएको विषय भनेका छन्। उनले भने, ‘यस विषयमा हामी नबोल्ने, नलेख्ने, एकअर्कालाई दोष नलाउने भनेर कागज गरिएको थियो।’ यो विवादमा उद्धव र रञ्जितबीच लेनदेनसमेत भएको शर्माले बताएका छन्।

प्रकाशित: Dec 20, 2022| 05:14. 09 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।