शुक्रबार, साउन १, २०८३

दशैंको टिकट बुकिङ रोकियो, यात्रुहरु विचल्लीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
 काठमाडौं- यातायात व्यवसायी महासंघले ५ असोजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ। 

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फर्ता नलिएको भन्दै भोलिदेखि अग्रिम टिकट बुकिङ नखुल्ने निर्णय गरेको महासंघले जनाएको छ। 

यसअघि ३१ भदौमा सरकार र यातायात व्यवसायीबीच ५ असोजदेखि अग्रिम टिकट बुकिङ खोल्ने सहमती भएको थियो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिब सरोज सिटौलाले यात्रुहरुको सुविधालाई ध्यानमा राखेर सहमति गरिएको बताएका थिए।

तर, सरकारले २ असोजमा एकाएक दशैँको मुखैमा इन्धनको मूल्य बढाएपछि यातायात व्यवसायी आन्दोलित भएका थिए। 

नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा समान ३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो। 

इन्धनको मूल्य वृद्धि भएपछि उही भाडामा यात्रु ओसार्न नसकिने भएकोले मूल्यवृद्धि फर्ता गर्न सरकारलार्इ व्यवसायीले पटक-पटक आग्रह गरेका थिए। तर, सरकारले माग सुनुवाइ नगरेपछि अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको महासंघले जनाएको छ। 

यसपटकको दशैंमा नयाँ गाडी थपिने सम्भावन पनि न्यून छ। सरकारले यातायात व्यवसायीको बैंक खाता पनि रोक्का गरिदिएको छ। नयाँ गाडी नथपिए पनि सकेसम्म अभाव हुन नदिने यातायात व्यवसायीहरुले बताएपनि सरकारले एकाएक दश दिनमै दुर्इपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि व्यवसायीहरु आक्रोशित बनेका हुन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।