बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस संसदीय दलको नेताका लागि देउवाको उम्मेदवारी, प्रस्तावक रामचन्द्र पौडेल

कांग्रेस संसदीय दलको नेताका लागि देउवाको उम्मेदवारी, प्रस्तावक रामचन्द्र पौडेल

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्।

National life

भोलि बुधबार हुने निर्वाचनका लागि आज देउवाले सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का।  प्रधानमन्त्रीमा दाबी गर्दै आएका पौडेल अन्तिम समयमा पछि हट्दै देउवालाई समर्थन गर्न पुगेका हुन्।

संस्थापन इतर समूहबाट भने महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। गगनको प्रस्तावकमा शेखर कोइराला छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेल छन्।

Shivam cement

८९ जना सांसद रहेको कांग्रेसमा संसदीय दलको नेता बन्न ४५ मत चाहिन्छ।


प्रकाशित: Dec 20, 2022| 14:24 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...