बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शेखरले जस्तै त्याग देखाउन सभापति देउवालाई महामन्त्री शर्माको आग्रह

शेखरले जस्तै त्याग देखाउन सभापति देउवालाई महामन्त्री शर्माको आग्रह

लोकतान्त्रिक अभ्यासको प्रक्रियासँगै परिणाम जे आए पनि त्यसपछि कांग्रेस एकढिक्का हुने महामन्त्री शर्माको दाबी।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संस्थापन इतर समूहबाट महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा सर्वसम्मत प्रस्ताव गरेकामा शेखर कोइरालालाई धन्यवाद दिएका छन्। मंगलबार होटल बसेरामा पुगेका महामन्त्री शर्माले पछिल्लो पुस्तालाई प्रस्ताव गर्ने कोइरालाको कदम स्वागतयोग्य रहेको बताए। 

National life

उनले कोइरालाले जस्तै संस्थापनबाट पार्टी सभापति शेरबहादुर देउवाले पनि संसदीय दलमा उम्मेदवारी दिन विकल्पको नाम अगाडि ल्याउने विश्वास व्यक्त गरे।

उनले भने, ‘यो संसदीय दलको नेताको प्रस्तावको विषय मात्र होइन। कांग्रेसका शुभचिन्तकले यसलाई पार्टीलाई बदलिएको सोच र समयअनुरूप बदलिएको दिशामा लाने खुड्किलोको रूपमा महसुस गरेका छन्।’ उनले पार्टीभित्र पक्ष–विपक्षमा रहेका सबै सांसदले थापालाई नै मतदान गर्ने विश्वास व्यक्त गरे। 

‘निर्वाचनमा जहिले गणितको चर्चा हुन्छ। तर हिजो जो जहाँ भए पनि अब कांग्रेसका सांसदहरूले जनमत बुझेर मतदान गर्ने अपेक्षा छ,’ शर्माले भने।

उनले लोकतान्त्रिक अभ्यासको प्रक्रियासँगै परिणाम जे आए पनि त्यसपछि पार्टी एकढिक्का हुने दाबी गरे। 

Shivam cement

प्रकाशित: Dec 20, 2022| 14:03 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...